• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

  •  नारायण सुबेदी
  • २०८३ जेष्ठ ९, शनिबार २३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाण्डौ/ रोटरी क्लब-अफ बालाजुले  युवाहरूको क्षमता अभिवृद्धि, सकारात्मक सोचको विकास, नेतृत्व क्षमता तथा व्यक्तिगत विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रेरणादायी एकदिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ।
    रोटरी-केन्द्रीय जनसंख्या अध्ययन विभागका विभागीय प्रमुखको सभापतित्वमा विभागको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न सरकारी कलेजका करिब ४५ जना स्नातकोत्तर तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
    कार्यक्रमका मुख्य प्रशिक्षक तथा मोटिभेशनल कोच सौरभ गुप्ताले “Mindset Strategy” तथा “1% Better Every Day” भन्ने विषयमा अत्यन्त प्रेरणादायी र अन्तरक्रियात्मक प्रस्तुति दिनुभएको थियो।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले व्यक्तिगत विकास, करियर निर्माण तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषयमा सक्रिय सहभागिता जनाएका थिए।
    कोच सौरभ गुप्ताले निरन्तर सुधार (Continuous Improvement), सही सीप तथा सकारात्मक सोचको विकास, समस्या समाधान गर्ने क्षमता, डिजिटल माध्यमको प्रभावकारी प्रयोग, साना कार्यहरूको प्रभावकारी कार्यान्वयन तथा कम्फर्ट जोनभन्दा बाहिर निस्किएर काम गर्नुपर्ने आवश्यकताबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो। उहाँले व्यक्तिको वास्तविक विकास तब मात्र सम्भव हुने बताउनुभयो जब व्यक्ति आफ्नो सहज क्षेत्रभन्दा बाहिर निस्किएर चुनौतीहरू सामना गर्न तयार हुन्छ।
    कार्यक्रमका प्रमुख अतिथि Dr. Mahendra Prasad Sharma ले युवाहरूको क्षमता विकासका लागि रोटरी क्लब अफ बालाजुले आयोजना गरेको यस्तो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै विद्यार्थीहरूलाई यस्ता अवसरहरूको सदुपयोग गरी व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नुभयो।
    कार्यक्रममा बोल्दै President Shova Kumari Poudel ले कार्यशालाको उद्देश्यबारे जानकारी गराउँदै वर्तमान बजारको आवश्यकता अनुसार युवाहरूले आफूलाई दक्ष, सक्षम र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मविश्वास, व्यवहारिक सीप, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकास आजको युवापुस्ताका लागि अत्यावश्यक रहेको उल्लेख गर्नुभयो। साथै, यस्ता कार्यक्रमहरूले युवाहरूलाई सही दिशा प्रदान गर्दै उज्ज्वल भविष्य निर्माणतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
    कार्यक्रमको अन्त्यमा Dr. Bhagawati Sedai ले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि, प्रशिक्षक, सहभागी विद्यार्थी, आयोजक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
    सम्पन्न एक दिवसीय कार्यशालामा सहभागीहरूद्वारा अत्यन्त प्रभावकारी तथा प्रेरणादायी कार्यक्रमका रूपमा प्रशंसा गरिएको थियो।

    रोटरी क्लब अफ बालाजुले आगामी दिनहरूमा पनि युवाकेन्द्रित यस्ता प्रेरणामूलक तथा क्षमता विकाससम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    Post Views: 117

    प्रकाशित मिति: २०८३ जेष्ठ ९, शनिबार २३:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.