फेसन आर्ट निर्देशक तथा स्टाइलिस्ट सोन्या गुरुङ, सोन्या स्टाइल क्रिएटिभ फेसन टिम नेपालकी प्रमुख कार्यकारी अधिकृत (CEO) ले हाइभ स्टुडियो, हङकङ सँगको सहकार्यमा “Mountains to the Met – Chapter One” सफलतापूर्वक सम्पन्न गरेकी छन्।

यस परियोजनामार्फत नेपाली कपडा तथा परम्परागत गहनाहरूलाई सृजनात्मक फेसन कला र दृश्य कथावाचनमार्फत अन्तर्राष्ट्रिय मोडलहरूको सहभागितासहित प्रस्तुत गरिएको थियो। परियोजनाको अवधारणाअनुसार नेपाली कपडा र गहनालाई विश्वमञ्चमा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय मोडलहरू चयन गरिएको बताइएको छ।
परियोजनाअन्तर्गत सम्पन्न Meet & Greet कार्यक्रममा प्रमुख नेपाली व्यक्तित्व, समाजका अगुवा तथा आमन्त्रित अतिथिहरू सहभागी भएका थिए, जहाँ फेसन आर्ट प्रस्तुतीको विशेष झलक समेत प्रस्तुत गरिएको थियो।
सृजनात्मक फेसन कथावाचनका लागि परिचित सोन्या गुरुङले दशकौँदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति तथा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएकी छन्। उनका फेसन कार्यक्रमहरू परम्परागत रनवेभन्दा फरक शैली, सृजनात्मक कोरियोग्राफी र कला–संस्कृतिको संयोजनका कारण परिचित छन्। साथै उनले आफ्ना कार्यक्रममार्फत ओझेलमा परेका तथा कम अवसर पाएका प्रतिभाहरूलाई अवसर प्रदान गर्ने प्रयास गर्दै आएकी छन्।
लोकप्रिय अनुहारभन्दा प्रतिभालाई प्राथमिकता : हङकङ एलिट समूहको समर्थनमा सोन्या गुरुङ
लोकप्रियता होइन, प्रतिभा र दृष्टिकोणको सम्मान : हङकङका शीर्ष एलिट समूहले सोन्या गुरुङको सिर्जनात्मक यात्रालाई साथ दिए
यस परियोजनामा नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धन साझेदार तथा नेपाल एयरलाइन्स एयरलाइन साझेदारका रूपमा जोडिएका थिए, जसले नेपाली संस्कृति, सिर्जनशीलता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साझा उद्देश्यलाई बल प्रदान गरेको छ।
“Mountains to the Met” मार्फत सोन्या स्टाइलले नेपाली फेसन, कपडा, गहना र सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पुर्याउने अभियान निरन्तर अगाडि बढाइरहेको छ।


