• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

  •  संवाददाता
  • २०८३ असार २९, सोमबार १७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ललितपुर। ललितपुरको नखीपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा निर्माण सम्पन्न भएको आधुनिक चमेनागृह (क्यान्टिन) को एक भव्य समारोहका बीच औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको छ। उक्त आधुनिक चमेनागृह माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई स्वच्छ र सुरक्षित खाजाको व्यवस्था गर्ने उद्देश्यले निर्माण गरिदिएको हो। विद्यालयका प्रधानाध्यापक राजेन राईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा ललितपुर महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत जंग महत र माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. विनोद प्रसाद यादवद्वारा संयुक्त रूपमा चमेनागृहको समुद्घाटन सु-सम्पन्न गरियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादव, विशेष अतिथि शिक्षा निर्देशक देवीप्रसाद उपाध्याय तथा विद्यालय निरीक्षक कपिलमणि पौडेलले निजी र सामुदायिक विद्यालयबीचको यस्तो सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र सिकाइ वातावरणलाई थप प्रेरणादायी बनाउने धारणा राख्नुभयो। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यार्थीमैत्री वातावरण निर्माणमा अतुलनीय योगदान पुर्‍याउँदै चमेनागृह सहयोग गर्नुभएकोमा महालक्ष्मी माध्यमिक विद्यालय परिवारका तर्फबाट मुख्य अतिथि डा. विनोदप्रसाद यादवलाई विशेष सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

    सोही अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विशेष गरी शिक्षा निर्देशक, विद्यालय निरीक्षक, दातृ विद्यालयका अध्यक्ष, संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू र शान्तीदेवी उपाध्यायलाई विशेष सम्मान गरिएको थियो। सहायक प्रधानाध्यापक अम्बिका लिम्बुले सञ्चालन र रश्मी बरालले प्रस्तुति गर्नुभएको उक्त समारोहमा शिक्षा क्षेत्रका अन्य सरोकारवालाहरू, पूर्व वि.व्य.स. पदाधिकारीहरू र स्थानीय समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो भने सभाको समापन अध्यक्ष अमृत जंग महतले गर्नुभएको थियो।

    Post Views: 97

    प्रकाशित मिति: २०८३ असार २९, सोमबार १७:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड
    ताजा अपडेट
    • १. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • २. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ३. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ४. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ५. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    चर्चित
    • १. नवलपरासी स्थित राजमार्ग दुई ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु

    • २. विनयी त्रिवेणीमा गाउँको सिंहदरबार भवनको शिलन्यास : १ बर्षमा सम्पन्न हुने

    • ३. लायन्स क्लव दाउन्ने शाखाको पदहस्तान्तरण समाज सेवा प्रति जनसमुदायको चासो हुनुपर्नेमा जोड

    • ४. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    • ५. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.