२८ अशोज २०८३, बुधबार

देबेन्द्रराज कण्डेलद्वारा सहमहामन्त्री पदमा औपचारिक उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

Screenshot

कँडेलले मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

पश्चिम नवलपरासीबाट लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय कँडेल पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी यसअघि प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहराज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

१५औँ महाधिवेशनमा खुला समूहबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका कँडेलले पार्टीलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने एजेन्डासहित आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार