१ कार्तिक २०८३, शनिबार

काँग्रेस सभापति थपाले लिए सपथ, वास्तविक लोकतन्त्रको मार्ग प्रस्थान गरीने!

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवार सभापतिको सपथ लिएका छन ।

सभापति थापाले शपथग्रहण समारोहलाई सम्बोधन गर्दै नेपाली राजनीतिलाई  लोकप्रियतावाद (पपुलिजम)र देखावटी-लोकतन्त्र पद्दतिको राजनीतिबाट सुधार गर्दै  यथार्थमार्ग प्रस्थान गराऊने दिशामां अघि बढ़ने बताएका छन्।

व्यक्तिगत चमत्कारका आधारमा समाजको दिगो रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै उनले बलिया र प्रभावकारी संस्थाको निर्माणमा जोड दिएका हुन।

शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले व्यक्तिकेन्द्रित चमत्कारिक दाबीले क्षणिक उत्साह ल्याउन सक्ने भए पनि स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने बताए।

प्रभावकारी संस्था निर्माणका लागि लोकतान्त्रिक संस्कार, राजनीतिक संस्कृति र संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस विषयमा गम्भीर राष्ट्रिय बहसको नेतृत्व नेपाली कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गरे।

“नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्नेछ। व्यक्तिको चमत्कारले क्षणिक परिवर्तन ल्याउन सक्छ, तर दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ,” उनले भनेका छन ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार