८ मंसिर २०८३, मङ्लबार

संस्कार एकेडेमीद्वारा नेपालमा ६० जना बढ़ी वास्तु-गुरुहरू तैयार! नेपालकै पहिलो वास्तु’ सफ्टवेयर सार्वजनिक !!

काठमाडौं / मंसीर ७   अकल्ड साईन्सको क्षेत्रमा संस्थागत रूपले अग्रणी भूमिकामा रहेको “संस्कार एकेडेमीले” नेपालमा ६० जना भान्बदा बढ़ी वास्तु-गुरुहरू उत्पादन गरे संगै नेपालकै पहिलो ‘संस्कार वास्तु’ नामक सफ्टवेयर सार्वजनिक गरेको छ । एकेडेमीले मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय ‘वास्तु गुरु कार्यकारी पाठ्यक्रम’ मार्फ़त वास्तु गुरु प्रैक्टिस्नर बिज्ञहरूको प्रशिक्षण सत्र सफलतापूर्वक सम्पन्न गरेको छ ।

मंसिर ४ गते सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरिएको हो। वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ ।

‘संस्कार वास्तु’ सफ्टवेयरमा वास्तुशास्त्रका १६ दिशात्मक क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गर्न सकिने सुविधा रहेको छ। यसका साथै दिशागत अवस्था र देवता ऊर्जाको मूल्याङ्कन गरी व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्न सकिने व्यवस्था गरिएको छ। ब्राउजरमा आधारित यस सफ्टवेयर प्रयोग गर्न छुट्टै सफ्टवेयर इन्स्टल गर्नुपर्ने आवश्यकता पर्दैन।

एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं मुख्य प्रशिक्षक आचार्य राजबाबु शाहले वास्तु तथा अंकशास्त्रसम्बन्धी शिक्षा नेपालमै उपलब्ध गराउने मात्र नभई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष परामर्शदाता उत्पादन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले नेपाली वास्तु परामर्शदातालाई विश्व बजारमा स्थापित गराउने र नेपाली ज्ञान, सीप तथा क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित एकेडेमीले प्रशिक्षण र प्रविधिको क्षेत्रमा काम गरिरहेको उल्लेख गरे।

तीनदिने आवासीय पाठ्यक्रममा आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु विश्लेषणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा लेचर एन्टेना तथा औरा स्क्यानरको प्रयोगसम्बन्धी अभ्याससमेत गराइएको थियो। पाठ्यक्रम सफलतापूर्वक पूरा गर्ने ७१ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको एकेडेमीले जनाएको छ।

कार्यक्रमले वास्तुशास्त्रलाई परम्परागत ज्ञानमा मात्र सीमित नराखी वैज्ञानिक सोच, व्यावहारिक अभ्यास र आधुनिक प्रविधिको सहायताबाट व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास एकेडेमीले व्यक्त गरेको छ।

संस्कार एकेडेमीले वास्तु तथा अंकशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘संस्कार वास्तु’ सफ्टवेयरमार्फत वास्तु विश्लेषणलाई अझ व्यवस्थित, सहज र व्यावसायिक बनाउने लक्ष्य राखेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार