• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उपभोक्ता हित संंरक्षण मञ्च पश्चिम नवलपरासीको अध्यक्षमा अधिवक्ता शर्मा

  •  
  • २०७९ फाल्गुन ११, बिहीबार २०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । आम उपभोक्ताको हक अधिकारको क्षेत्रमा कार्य गर्दै आएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीको अध्यक्षमा अधिवक्ता सरस्वती शर्मा चयन हुनुभएको छ । मञ्चको आज परासीमा सम्पन्न जिल्ला भेला तथा अधिवेशनले अधिवक्ता शर्माको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन गरेको हो ।

    मञ्चको उपाध्यक्षमा नेपाल सरकारका पूर्व कर्मचारी भोजराज बराकोटी,सचिवमा पत्रकार मोहन पौडेल, कोषाध्यक्षमा पूर्व बैंकर धुव्रराज ज्ञवाली चयन हुनुभएको मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले जानकारी दिनुभयो ।

    यसैगरी सदस्यहरुमा हुमनाथ आचार्य (बर्दघाट, दिव्यज्योति माविका पूर्व प्राचार्य), तेज बहादुर सोमरे(सुनवल, नेपाल सरकारका पूर्व कर्मचारी), मञ्जु चौधरी(पाल्हीनन्दन, महिला अधिकारकर्मी), धनबहादुर गुरुङ(सुस्ता) र आशा गोसाई(प्रतापपुर) चयन हुनुभएको छ ।


    मञ्चका निवर्तमान जिल्ला अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता तथा केन्द्रीय सदस्य रामजी ज्ञवालीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो ।

    उक्त अवसरमा केन्द्रीय सदस्य ज्ञवालीले सबै वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता हित संरक्षण,स्वच्छ बजार, सुशासन,वातावरण संरक्षण, विपद व्यवस्थापन, स्थानीय बजार तथा उद्योग व्यवस्थापन, दीगो उपभोग तथा उत्पादनको क्षेत्रमा मञ्चले निरन्तर काम गर्दै आएको बताउनुभयो ।

    मञ्चले उपभोक्ता सम्बन्धि नीति तथा कानून तर्जुमा कार्यान्वयन, सहजीकरण, बजार अनुगमन, सार्वजनिक हक र सरोकारका मुद्धाहरु, जाहेरी तथा उजुरी,उपभोक्ता शिक्षा, वकालत, पैरवी लगायतका कार्य प्राथमिकताका साथ गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।


    यस्तै घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गंगाधर पाण्डेयले स्वच्छ बजार कायम गर्न, उपभोक्ता ठगीबाट बचाउन बजार अनुगमन लगायतका कार्यमा कार्यालयले मञ्चसँग सहकार्य गर्दै आएको बताउनुभयो उहाँले मञ्चसँग मिलेर उपभोक्तालाई जागरुक बनाउन हरेक पालिकामा समुदाय स्तरमा सचेतना कार्यक्रम गर्नका लागि सहकार्य गर्न सकिने बताउनुभयो ।

    उपभोक्ताले ठगिएको महशुस नगरेसम्म उजुरी पनि नआउने र उपभोक्ताको अधिकार स्थापित हुन नसक्ने भएकोले उपभोक्ता सचेतना आवश्यक रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रममा परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएशनका केन्द्रीय सदस्य अर्जुन बहादुर क्षेत्री, मञ्चकी नवनिर्वाचित जिल्ला अध्यक्ष अधिवक्ता सरस्वती शर्मा, सचिव मोहन पौडेल, कोषाध्यक्ष धुव्रराज ज्ञवाली, मञ्चकी रामग्राम नगर अध्यक्ष यमकुमारी सुवेदी, परासी प्रेस क्लवका कोषाध्यक्ष गौरीशंकर जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    Post Views: 152

    प्रकाशित मिति: २०७९ फाल्गुन ११, बिहीबार २०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान
    ताजा अपडेट
    • १. प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण

    • २. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ३. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • ४. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ५. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    चर्चित
    • १. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.