• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाटमा निस्सा बितरण गर्दा जनप्रतिनिधिकै रोहवरमा पैसा असुली

  •  
  • २०७९ फाल्गुन १२, शुक्रबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रकाश न्यौपाने,नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ को जीतपुरमा भुमीहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरणको क्रममा जनप्रतिनिधिकै रोहवरमा जीतपुर टोल विकास संस्थाले रकम असुलि गरिएको छ । संस्थाको छाप समेत नलगाएको रसिदमा अस्थायी निस्साको लागि रकम असुलीको भन्दै स्थानीय बासिन्दाले जनप्रतिनिधिको चर्को आलोचना गर्दै आएका छन् ।


    ‘एउटा टेबुलमा रसिद काट्ने काम भयो संगै रहेको अर्को टेबुलमा निस्साको कागजात मिलाउने भएको हो’- नाम उल्लेख नगर्ने शर्तमा एक भुमिहीन सुकुम्बासी महिला भन्छिन् – ‘निस्साकै लागि पैसा लिइयो, तर अहिले झाराको लागि लिएको बाहाना बनाइएको छ ।’


    निस्सा दिने बेलामा पैसा बुझाउन नसकेपछि आफ्नो हातबाट निस्सा खोस्ने काम भएको ती पीडितको दुखेसो थियो । पाँच हजार रुपैया दिनेलाई निस्सा दिने भन्दै रकम असुलिएको ती स्थानीयले बताउदै आएका छन् ।


    रसिदको ठेली समेत एक नम्बर सिरियलबाट नकाटेर ५० नम्बर सिरियलबाट रसिद काट्ने काम भएको देखिन्छ । ‘रकम असुलीको धन्दा शुरु भएको थियो । अहिले घटना सार्वजनिक भएपछि ढाकछोप गर्ने प्रपञ्च अनुरुप झाराको नाटक रचिएको छ’ – अर्का पीडित भन्छन् – ‘त्यो बेला वडाका जन प्रतिनिधिहरु पनि संगै थिए । एउटा टेबलमा पैसा लिदैं रसिद् दिईयो । अर्को टेबुलबाट निस्साको कागजात दिइयो । अहिले बिषयलाई अन्तै मोड्ने प्रयास भएको देख्दा अचम्म लाग्छ ।’ स्थानीय जन प्रतिनिधिहरुकै उपस्थितिमा आफूहरुले रकम दिएको पीडितहरुको गुनासो थियो ।


    निस्सा वितरण गर्ने समयमा भने गजबको दृश्य देखिन्थ्यो । एकतर्फ संस्थाका पदाधिकारी र केही अगुवाहरुले रसिद काट्दै रकम लिने र जन प्रतिनिधिले सोही स्थानमा निस्सा वितरण गरेको देखिथ्यो । तर अहिले आएर जन प्रतिनिधिहरुले टोल विकास संस्थाको रसिद दुरुपयोग भएको भन्दै पन्छिने कोशिस गरिरहेका छन् ।


    तर स्थानीय बासीले जनप्रतिनिधिहरु वडाध्यक्ष बिमला गुरुङ्ग र वडा सदस्य शोभाकान्त लामिछाने लगायतको सहभागिता र उपस्थितिमै रकम असुलीको रसिद काटिएको थाहा पाएपछि टोली अचम्ममा परेको थियो ।


    स्थानीय दीपक गुरुङ्गले गाउँमा गुपचुपमा निस्साको लागि रकम असुली गर्ने काम ठिक नभएको गुनासो पोख्नुभएको थियो । ‘रकम असुली गर्नु बेठिक हो’- गुरुङ्गले भन्नुभयो – ‘विकास निर्माणका लागि रकम लिएको भन्नु हास्यास्पद छ ।’ उहाँले गाउँमा कुनै योजनाका काम नभएको समयमा रकम उठाइएको भन्दै ‘कहाँ बाटो बनाउने योजना छ ? कहाँ नाला बनाइएको छ ?’ भन्ने प्रतिप्रश्न गर्नुभयो ।


    यस घटना बारे केही जनप्रतिनिधिले समेत टोल विकास संस्थाको पदाधिकारीहरुको योजनामा आफूहरुलाई रकम असुली जस्तो अपराधमा फसाइएको बताउदै आएका छन् । त्यस्तै जीतपुर टोल विकास संस्थाका अध्यक्ष दुधनाथ चौधरी(दिनेश)ले यस अघि समेत टोलमा विकास निर्माणको कामका लागि भन्दै रकम लिने कार्य भएको हुदाँ अहिले पनि लिएको दावी गर्नुभयो । ‘म सोझो मान्छे सबै कुरा थाहा हुने कुरा नै भएन् ।’ -उहाँले भन्नुभयो । झाराको लागि रकम लिएको भन्ने संस्थाको दावी गरिरहदा अध्यक्ष चौधरीले झाराको हाजिरी नगरीएको र नरहेको बताउनु भयो ।


    सयपत्री सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष समेत रहनुभएका जगत बहादुर बुढा मगरले यस अघि समेत रकम संकलन गरिदै आएको जिकिर गर्नुभएको थियो । भुमि अधिकारकर्मी समेत रहनुभएका किसान नेता तथा राष्ट्रिय भुमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा प्रबक्ता नहेन्द्र खड्काले सामाजिक संजाल फेसबुकमा रकम असुल गरेको सन्र्दभको समाचार शेयर गर्दै राष्ट्रिय भुमि आयोगबाट लालपुर्जा लिन सरकारी खातामा पैसा जम्मा गर्नुपर्ने बताउदै टोल विकास संस्थाले रकम लिनु आयोगको नीति र कानुन विपरित रहेको बताउनुभएको छ ।


    त्यस्तै टोल विकास संस्थाले निस्साको लागि रकम असुलेको सार्वजनिक भएपछि बर्दघाट नगरपालिका वडा नम्बर ५ को कार्यालयको तर्फबाट वडाध्यक्ष बिमला गुरुङ्गले विहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त रकम फिर्ता गर्न र आगामी दिनमा वडाका कुनै पनि टोल विकास संस्थाले वडाको निणर्य विना कुनै पनि रकम उठाउने निणर्य र कामहरु नगर्न आग्रह गर्नुभएको छ । बिज्ञप्तिमा निस्सा वितरणको क्रममा केही ब्यक्तिहरुले रसिद दुरुपयोग गरिएको दावी गरिएको छ ।

    Post Views: 182

    प्रकाशित मिति: २०७९ फाल्गुन १२, शुक्रबार १०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.