
न्यूज फायर, सुनवल।सुनवल युनाईटेड इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुल सुनवल ४ नवलपरासीको आयोजनामा आज अन्तर सदनात्मक फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतियोगीतामा पाइथागोरस सदन क समूह प्रथम, न्युटन सदन ख दितीय र आइस्टाइन सदन क समूह तृतीय भएको विध्यालयका प्रिन्सिपल धनराज चापागाइले जानकारी दिनुभयो ।प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।

प्रिन्सिपल चापागाइको अध्यक्षता तथा महाकवी देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



