
न्यूज फायर,सुनवल ।पश्चिम नवलपरासीको सुनवलमा क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा सुनवल प्रेस क्लव गठन गरिएको छ । आज सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा नौ सदस्यिय तर्दथ समिति गठन गरेको हो ।


जसको उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा कल्पना खरेल,सचिवमा प्रदिप पाठक, सहसचिवमा पुजा लम्साल, कोषाध्यक्षमा दिपक खनाल, सदस्यहरुमा नन्दलाल कवर, रेशम अधिकारी, विमल भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
सामाजिक विषय बस्तु संगै समग्र सुनवलको विकास गतिविधिलाई पत्रकारीता मार्फत हरेक नागरीक समक्ष पुर्याएर नागरीकको सुचनाको हकलाई स्थापित गर्ने उदेश्य सहित प्रेस क्लव गठन गरिएको नवनिर्वाचित अध्यक्ष रमेश भुषालले बताउनुभयो ।
सुनवलमा क्रियाशिल पत्रकारहरुको पेशागत हकहित र संरक्षण तथा यसको व्यवसायिकरणका लागि संगठन क्रियाशिल रहने उहाको भनाई छ ।
संगठनको आगामी प्रक्रियाका लागि उपाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा पाचँ सदस्सिय विधान समिति र कोषाध्यक्ष दिपक खनालको संयोजकत्वमा आर्थिक समिति गठन भएको सचिव प्रदिप पाठकले जानकारी दिनुभयो ।
पत्रकार महासंघमा सदस्य नभएका तर पत्रकारीता गरिरहेका सञ्चारकर्मिलाई पनि क्लवमा समावेश गरिएको छ ।



