
न्यूज फायर, सुनवल। आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ पाईला बहुउदेश्यीय सहकारी संस्था लि. सुनवल ८ सिरान टोल नवलपरासीले आज बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा सुनवल स्वास्थ्य चौकीको प्राङगणमा भएको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिनुभयो ।

सञ्चालक समिति अध्यक्ष कृष्ण केसीको अध्यक्षता तथा सुनवल वडा नम्बर ८ का वडा अध्यक्ष देउ बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्ष गुरुङले रक्तदान जिवनदान जस्तो पुन्य कर्म संगै सहकारीले विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । आगामी दिनमा आयोजना हुने रचनात्मक कार्यहरूमा वडा को पनि सहयोग रहने बताउनु भयो ।

कार्यक्रमको सञ्चालन सल्लाहाकार संयोजक रुद्र लामगादेले गर्नु भएको थियो ।



