• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हरियो वन नेपालको धन : डढेलो रोक्न समुदाय जगाउँदै नवलपरासीका वन

  •  
  • २०७९ चैत्र ७, मंगलवार १९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल, सुनवल। सामुदायिक वन क्षेत्रमा लाग्ने डढेलो तथा आगलागीलाई नियन्त्रण गर्नका लागि सबै पक्ष चनाखो भएर लाग्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आज मंगलवार डिभिजन वन कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा मुलपानी सामुदायिक वन उपभोक्ता समुह सुनवलको संयोजनमा वन डढेलो सचेतना सप्ताह कार्यक्रमको समापन समारोहमा सहभागि सरोकारवाला व्यक्तिहरुले वन संरक्षणमा समुदाय नै सक्रिय रहनुपर्ने भन्दै वनमा डढेलो र आगो लगाउनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख भगौति यादवले यस्तो घटना हुन नदिन समुदाय नै लाग्नु पर्नेमा जोेड दिनुभयो । उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग गर्दै विपतका घटना न्युनिकरण गर्नुपर्ने बताउदै प्रमुख यादवले सवै संगको सहकार्यमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जाने बुझेकै मान्छेले पनि जानी जानी लापरबाही रूपमा घटनानिम्त्याउने हुदा त्यसको न्युनिकरणका लागि पनि समुदाय नै सक्रिय हुनु पर्ने बताउनुभयो । उहाले विपद्का घटनाको रोकथामका लागिसंस्थाले प्रयाप्त जनशक्ति तयार गर्नुपर्ने बताउनु भयो ।समुहमा आबद्ध भएका मान्छेहरुको सकृय सहभागिताबाट हरेक कार्यक्रम सफल हुने र त्यसले समुदायको विकास हुने भनाई राख्नुभयो ।

    जिल्ला प्रहरी प्रमुख विनोद सिलवालले आगलागी नियन्त्रणका लागि जनसमुदायले साथ र सहयोग गर्नुपर्ने र घर समुदायमा पनि ससाना असावधानीले धेरै आगलागीका घटना हुने हुदा सजक रहनु पर्ने बताउनु भएको थियो। वनको लाभ सँगै यसको संरक्षणमा लाग्नु पर्ने उहाको भनाई थियो ।

    ज्यामिरे सामुदायीक वन उपभोक्ता समितिकी अध्यक्ष टिचन गुरुङले वन संरक्षणको आवश्यकता रहेको भन्दैवन सिमाना संरक्षण गर्नु पर्ने बताउनुभयो । सीमा सुरक्षा कसरी गर्ने भन्ने बारे डिभीजन वन कार्यालयले योजना बनाउनुपर्ने बताउनु भयो ।

    डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत महेन्द्र राज वाग्लेले मानविय कारणले धेरै आगलागिका घटना हुने गरेको भन्दै आगलागि हुन नदिने र लागिहाले नियन्त्रण गरी आगो नियन्त्रणमा आफुहरु जुटेको बताउनुभयो ।

    सञ्चारमाध्यमहरुमा सुचना प्रवाह गरी सचेतना अभिृवद्धि गरिएको र अग्निनियन्त्रण रेखा बनाई सफा गर्ने तथा वन प्रवेश गर्ने जोकोहीलाई सम्झाई बुझाई गर्ने गरिएको पनि बताउनुभयो । डिभिजन वन कार्यालयमा प्राप्त वार्षिक स्विकृत कार्यक्रम अनुसार वन भित्र रहेका सुकेका झारपात तथा पातपतिंगरहरुलाई कम्पोष्ट मल बनाउने पनि जानकारी दिनुभयो ।

    सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले सुख्खा मौसममा हुने आगलागिका घटनामा वढिमात्रामा धनजनको क्षति हुने र नोक्सानबाट बचाउन चैत १ गते देखी सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । अन्य ६ वटा सामुदायिक वनहरुलाई पनि कार्यक्रममा समावेश गरी आ आफ्नो ठाउमा उचित कार्ययोजना बनाई जाने सहित कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

    आगामी दिनमा अग्नि रेखा बन्द गर्ने, खोलिएका वन्द गर्ने, जलनशिल पदार्थ जम्मा गर्ने, प्रांगारिक मल बनाउने लगायतका योजना बनाएको बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दाईत्व रहेको उहाको भनाई थियो ।

    उपाध्यक्ष प्रभु लाल मोर्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव समीक्षा सिँजापतिले गर्नु भएको थियो ।

    Post Views: 212

    प्रकाशित मिति: २०७९ चैत्र ७, मंगलवार १९:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    सुस्ता पूगे सांसद खनाल: तटबन्ध लगायत समस्या हल गर्न देखिए प्रतिबद्ध
    ताजा अपडेट
    • १. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ५. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.