
सुनवल । पश्चिम नवलरासीको बर्दघाट वडा नम्बर ४ बाट प्रहरीले आज ३ लाख मुल्य बढीको अवैद्य कपडा बरामद गरेको छ ।

अवैध रुपमा भन्सार छली गरि ल्याई लुकाएर राखेको भन्ने विशेष सुचनाको आधारमा बर्दघाट ४ स्थित मिना देवीको घरको सटरमा ३ लाख ६२ हजार ६ सय १६ मूल्य बराबरको अवैद्य कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
बरामद गरीएका ३ लाख १० हजार ६ सय ६१ मुल्य बराबरको सर्टिङ थान कपडा, ५१ हजार ४ सय २८ मुल्य बराबरको सुटिङ थान कपडा आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।



