• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बैंकहरूले जथाभावी ब्याजदर बोलकबोल गरेपछि राष्ट्र बैंक आफैंले किन्यो ट्रेजरी बिल

  •  
  • २०७६ पुष १४, सोमबार ०६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा जथाभाबी गरेको भन्दै नेपाल राष्ट्र बैंकले सोमबार बोलकबोलमा ल्याएको ट्रेजरी बिल आफैं खरिद गरेको छ ।

    केन्द्रीय बैंकले सोमबार नवीकरणका लागि ९१ दिन अवधिको ५ अर्ब १० करोड र १८२ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल बोलकबोलमा ल्याएको थियो ।

    बैंकहरूले ब्याजदरमा जथाभावी बोलकबोल गर्दा त्यसलाई निरुत्साहन गर्न सोमबारको ट्रेजरी बिल राष्ट्र बैंक आफैंले खरिद गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

    ९१ दिन अवधिको ५ अर्ब १० करोडको ट्रेजरी बिलको लागि २७ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ३ करोडको बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थालाई १२ करोड रुपैयाँको मात्रै ट्रेजरी बिल नवीकरण गरेर ४ अर्ब ९० करोड रुपैयाँको आफैंले खरिद गरेको छ ।

    त्यस्तै १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलमा १८ बैंक तथा वित्तीय संस्थाले ६ अर्ब ३१ करोड बराबरको बोलकबोल पेश गरेका थिए । उक्त ट्रेजरी बिल पनि बैंकहरुलाई १० करोड रुपैयाँको मात्रै नवीकरण गरेर ४ अर्ब ९० करोड राष्ट्र बैंक आफैंले खरिद गरेको छ ।

    १० साउनमा नवीकरणको लागि ल्याइएको ट्रेजरी बिलमा बोलकबोल गरेको ब्याजदर भन्दा सोमबार बैंकहरुले घटाएका छन् । यद्यपि राष्ट्र बैंकले बैंकहरुलाई ट्रेजरी बिल नदिएर आफैं खरिद गरेको छ ।

    १० साउनमा ९१ दिनको ट्रेजरी बिलमा डिस्काउन्ट रेट १३.९९८८ प्रतिशत र न्युनतम ९.९००३ प्रतिशत बोलकबोल गर्दा औसत १२.००३३ प्रतिशत कायम भएको थियो । सोमबारको बोलकबोलमा ९१ दिनको ट्रेजरी बिलको लागि बैंकहरुले डिस्काउन्ट रेट अधिकतम ११.८००१ प्रतिशत र न्युनतम ११.४१६८ प्रतिशतको प्रस्ताव पेश गर्दा औसत ११.६९४६ प्रतिशत कायम भएको छ । यस्तै १८२ दिन अवधिको ट्रेजरी बिलको लागि डिस्काउन्ट रेट १०.९९८८ तय भएको छ ।

    ‘राष्ट्र बैंकको कदम सकारात्मक’

    ब्याजदर नियन्त्रण गर्न र बैंकहरुले जथाभाबी ब्याजदर बोलकबोल गर्ने कार्यलाई निरुत्साहित गर्न राष्ट्र बैंक आफैंले ट्रेजरी बिल किन्नु सकारात्मक भएको पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । ‘ब्याजदर अत्यधिक बढ्न नदिन राष्ट्र बैंकले लिएको यो कदम स्वागतयोग्य छ,’ उनी भन्छन्, ‘ट्रेजरी बिलकै ब्याजदर यति उच्च भएपछि कर्जाको ब्याजदर के हुने भन्ने थियो, राष्ट्र बैंकले नै बैंकहरुले ब्याजदर बढी बोलकबोल गरेपछि आफैंले खरिद गरेर ब्याजदर घटाउने प्रयास गरेको छ । यो सकारात्मक छ ।’

    बैंकहरुसँग तरलता अभाव हुँदा राष्ट्र बैंकबाट तरलता सुविधा लिएर व्यवस्थापन गरिरहेका छन् । गत साता रिपो मार्फत राष्ट्र बैंकले ३० अर्ब बजारमा पठाएको थियो ।

    यस्तै बैंकहरुले स्थायी तरलता सुविधा मार्फत १ खर्ब २० अर्ब ६० करोड स्थायी तरलता सुविधा लिएका छन् ।

    Post Views: 236

    प्रकाशित मिति: २०७६ पुष १४, सोमबार ०६:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.