• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्यु

  •  संवाददाता
  • २०८१ माघ २, बुधबार १३:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २ माघ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शंकास्पद प्रकोपका कारण आठ जनाको मृत्यु भएको भन्दै तान्जानिया र छिमेकी मुलुकमा थप फैलिने जोखिम ‘उच्च’ रहेको चेतावनी दिएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले तान्जानियाको कागेरा क्षेत्रमा ‘शंकास्पद ‘मारबर्ग भाइरस डिजिज (एमभीडी)’ को प्रकोप देखिएको जानकारी सोमबार आफ्ना सदस्य राष्ट्रहरूलाई दिएको जनाएको छ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले सामाजिक सञ्जाल एक्समा भनेका छन् ,’अहिलेसम्म नौ जनामा सङ्क्रमण देखिएको हामीलाई जानकारी प्राप्त भएको छ, जसमध्ये आठ जनाको मृत्यु भइसकेको छ । रोगलाई फैलिन नदिन सावधानी अपनाइएको छ यद्यपि, आगामी दिनमा अझै केही थप सङ्क्रमितहरू फेला पर्न सक्ने सम्भावना छ ।’

    डब्ल्यूएचओले तान्जानिया सरकार र प्रभावित समुदायलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिएको छ ।

    छिमेकी मुलुक रुवान्डामा तीन महिनाभन्दा बढी मारबर्गको महामारी फैलिएको डब्लुएचओले घोषणा गरेको एक महिना नबित्दै यो घोषणा गरिएको हो । डब्लुएचओका अनुसार मारबर्गले अत्यधिक संक्रामक रक्तस्रावी ज्वरो निम्त्याउँछ। यो चमेरोबाट सर्छ र इबोला जस्ता भाइरसहरूको एउटै परिवारसँग सम्बन्धित छ।

    मारबर्गको ज्वरोसँगै रक्तस्राव र अङ्ग फेल हुने गर्छ र भाइरस सङ्क्रमण पछि हुने मृत्यु दर ९० प्रतिशतको हाराहारीमा पुग्न सक्ने डब्लुएचओले जनाएको छ ।

    कागेरा क्षेत्रमा मार्च २०२३ मा पहिलो पटक मारबर्गको प्रकोप देखिएको थियो, जुन लगभग दुई महिनासम्म चलेको थियो, जसमा छ जनाको मृत्यु भएको थियो भने नौ जना सङ्क्रमित भएका थिए।

    Post Views: 184

    प्रकाशित मिति: २०८१ माघ २, बुधबार १३:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.