३० भदौ २०८३, मङ्लबार

भीम रावलको पार्टी घोषणाः मातृभूमि जागरण अभियान, नेपाल

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान, नेपालको घोषणा गरी त्यसैलाई पार्टीको रूप दिन थालनी गरेका छन्। बिहीबार साँझ फेसबुकमा एक स्ट्याटस राख्दै उनले आफ्नो योजना घोषणा गरेका हुन्।

रावलले चार पानाको ‘मातृभूमि जागरण अभियान, नेपाल, संक्षिप्त जानकारी’ भन्दै एक प्रस्ताव सार्वजनिक गरेका छन्।

उनले यो विषयमा छलफल गर्दै मातृभूमि जागरण अभियान, नेपाल संचालन गर्दै त्यसैबाट संगठन निर्माण गरेर ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्तिरदल निर्माण निर्माणमा योगदान गर्ने’ उल्लेख गरेका छन्। यसको संगठन वडा, पालिका, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मै गर्ने योजना रावलले राखेका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार