३० भदौ २०८३, मङ्लबार

‘कथावाचक’ साइग्रेस पोखरेल बने बिग एजुकेशनको सद्भावना दुत

एजुकेशन कन्सल्टेन्सीले ‘कथावाचक’साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’ साइग्रेसले ब्रान्ड एम्बेसडरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गरेका हुन् ।

बिग एजुकेशनका चेयरम्यान सुरज केसीले बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न कथावाचक’साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीले प्रोफेशनल र जिम्मेवार भएर अगी बढ्न उत्प्रेरणा मीलेको जानकारी गराउनु भयो।

नेपाल शैक्षिक परामर्श संघ इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले इक्यान मेम्बर बिग एजुकेशनको यो साझेदारीको महत्त्वलाई जोड दिँदै शुभकामना ब्यक्त गर्नु भयो । कार्यक्रममा पोख्रेलले बिग एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरका रुपमा आफूले साझेदारी गर्न पाउँदा निकै खुसी लागेको बताए ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लक्ष्मण पौडेल, शैक्षिक परामर्श व्यवसायीहरू, पत्रकारहरूको बाक्लो उपस्थिती रहेको थीयो।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार