• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ठेक्का लाग्न नसकेपछि खजुरा खोलामा बढ्यो दोहन, अबैध डम्पिङ प्रशासनद्धारा जफत

  •  संवाददाता
  • २०८१ माघ २७, आईतवार १६:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासि हुँदै आएको छ । हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथी चोरी निकासी गर्नेहरुको राईँदाईँ नै चल्ने गरेको छ ।दिनहुँजसो उत्खननमा संलग्न ट्र्याक्टरहरु नगरपालिकाले नियन्त्रणमा लिदै आएको छ ।

    यद्यपि प्रहरी प्रशासन र स्थानिय तहको आँखा छलेर रातारात अवैध उत्खनन् र डम्पिङ हुने गरेको छ । दिनदहाडै समेत चोरी निकासिमा संलग्न साधनहरु समातिने गरेका छन । शुक्रबार र शनिबार मात्रै दुई दिनको अवधिमा नगरपालिकाले अवैध रुपमा डम्प गरि राखिएको ९३ ट्याक्टर र २४ टिप्पर ढुङ्गा जफत गरीएको नगर प्रहरी प्रमुख पिताम्बर सापकोटाले जानकारी दिनुभयो । यसै गरि ४ टिप मिस्कट समेत जफत गरिएको सापकोटाले बताउनुभयो।

    बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा खोला ठेक्का लगाएपनी आईईई प्रतिबेदनमा वन क्षेत्र देखिएकाले अन्तिम अवस्थामा नगरपालिकाले ठेक्का रद्ध गरेको थियो ।बनले सहमती नदिएपछी ठेक्का रद्ध गर्नु परेको नगरपालिकाले जनाएको छ ।

    ठेक्का लाग्न नसक्दा अवैध उत्खनन र चोरी निकासीले खजुरामा नदिजन्य पदार्थनै रित्तिएको छ । बर्दघाट नगरापालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रहरी प्रशासन र नगरप्रहरी अहोरात्र खटाईएको र अवैध डम्पिङ नियन्त्रणमा लिईएको जानकारी दिनुभयो। “ठेक्का पनि लागेन,खोला पनि रहेन भनेजस्तो छ,प्रहरी प्रशासन नगरप्रहरी खटाएकै छौं,चौबीसै घण्टा खोलामै कुर्न पनि सम्भव भएन सक्दो नियन्त्रण गरेका छौ”श्रेष्ठले भन्नुभयो।

    डम्पिङ जफत गरीएका नदिजन्य पदार्थको खरिद बिल,स्टक बिल समेत नरहेकाले बैधता नदेखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले बताउनु भयो । नगरपालिकाले ट्याक्टर नियन्त्रणमा लिएर जरिवाना बापतको राजश्व काटेर मात्रै पठाउने गर्दछ ।प्रहरीले ट्याक्टर समाएबापत जरिवानाको कुल रकमको भ्याट कटाएर २५% प्रोत्साहन रकम दिईने गरीएको अधिकृत खनालले जानकारी दिनुभयो। दिनदहाडै खजुरा खोलामा चोरी निकासी हुँदा प्रहरी प्रशासन र सरोकारवाला निकायको भुमिकाप्रति स्थानियले आशङ्का ब्यक्त गर्न थालेका छन् ।

    यता प्रहरी प्रशासन या स्थानिय तहले ट्याक्टर नियन्त्रणमा लिएपनी राजनीतिक नेतृत्वबाट वा अन्य विभिन्न तहबाट समेत दबाब हुने गरेको आम नागरिकले सजिलै आंकलन गर्ने गरेका छन् । केही दिन अघि मात्रै प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समितिका प्रमुख लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले खजुरा खोलाको स्थलगत अवलोकन गरेका थिए ।स्थलगत अवलोकनका क्रममा नदिजन्य पदार्थको ठुलै परिमाणमा चोरी निकासी भएको देखिएको जिल्ला समन्वय समिती प्रमुख भगौती यादव”रुदल”ले बताउनुभयो ।

    “जताततै नदिजन्य पदार्थ चोरी हुने गरेको छ तर अर्को कुरा राज्यको नीति पनि स्पष्ट छैन।बन क्षेत्र पर्यो भनेर चुरेले सहमति दिदैन अनि ठेक्का लाग्दैन,ठेक्का नलाग्दा व्यापक चोरी हुन्छ, अनि के अर्थ।यता मिस्कट ढुङ्गा गिटि बालुवाको अभावमा बिकास निर्माणका काम गर्न पनि कठिनाई छ,राज्यले एउटा मापदण्ड बनाउन जरुरी छ”प्रमुख यादवले भन्नुभयो । स्थानिय खोला नाला बिविध कारणले ठेक्का लाउन नपाईने अर्कातिर कुनै पुर्वाधारको काम गर्नु पर्दा कच्चा पदार्थ कहाबाट ल्याउने भन्ने अवस्था देखिएको जिसस प्रमुख यादवको भनाई छ ।

    बर्दघाट नगरपालिकाको वडा नम्बर ५,१४ र १६ बाट चोरीनिकासी हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यस अघि पनि अवैध डम्पिङ पटक पटक जफत गर्दै आएको छ तर चोरी निकासी नियन्त्रण भने हुन सकेको छैन ।

    Post Views: 659

    प्रकाशित मिति: २०८१ माघ २७, आईतवार १६:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज
    नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल
    स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?
    ताजा अपडेट
    • १. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    • २. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन, सकारात्मक अभिभावकत्वमा जोड

    • ५. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    चर्चित
    • १. नवलपरासीमा आगोलागीले १२ घर खरानी : सांसद खनालले गरे सहयोगको आहवान

    • २. स्थानीय तहको सिमाना र संख्या हेरफेरबारे नवलपरासीमां छलफल: के-के हेरफेर गर्ने त?

    • ३. नवलपरासीको तिभ्र आर्थिक विकास गर्न संघद्वारा संसदसंग गरियो छलफल

    • ४. रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीद्वारा काठमाडौंमा अत्याधुनिक सुविधासहितको नयाँ कार्यालय र लर्निङ सेन्टरको भव्य उद्घाटन

    • ५. लोकतन्त्र दिवस: “सद्भाव, प्रर्वद्धन, विधिको सासनको वकालतमा नवलपरासी शान्ति समाज

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.