३० भदौ २०८३, मङ्लबार

डल्ले च्याउ उत्पादनमा परासी आत्मनिर्भरता तर्फ़: नेता कंडेलद्वारा उद्योग समुद्घाटन

परासी / कृषि प्रधान देशमा कृषि उत्पादन भने सन्तोषजनक नरहेको सरकारी आकड़ाहरूले देखाएको भएता पनी ब्यावसायिक च्याऊ उत्पादन तर्फ़ भने नवलपरासी पश्चिम  आत्मनिर्भर उन्मुक बन्दै गएको छ ।

सदरमुकाम परासीको पोखरापालि क्षेत्रमा डल्ले च्याउ उत्पादन उद्योगको पूर्ब मन्त्री एवं नेपाली कांग्रेसका नेता देबेन्द्र राज कंडेलले एक कार्यक्रमका बिच शुभारम्भ गर्नू भएकोछ ।

बटम मसरुम समेत भनेर चीनीने डल्ले च्याउ उद्योगको सञ्चालन परासीका युवा व्यवसायीहरु कमल कसौधन, लवकुशवर्मा सुनिल वर्माको संयुक्त लगानी (पार्टनरशिप)मा गरिएको हो ।

रामग्राम नगरपालिका वडा नं.   पोखरापाली स्थित जौरहीमाई पार्कको उत्तर तर्फ़ १६ कठ्ठा जग्गामा करोड़ लागत उद्योग स्थापना गरिएको सञ्चालक कमल कसौधनले जानकारी दिनु भयो

 बारहमहिना निरन्तर च्याऊ उत्पादन गर्न सकिने प्रबिधि जड़ित उद्योगले मासिक २० टनसम्म उत्पादन हुने जानकारी संचालक ब्यावसायीयुवा हरूको छ ।

डल्ले च्याउ अर्थात् बाटम मसरूमको माग देशका प्रमुख सहर लगायत भारतमां समेत माग रहेको सञ्चालकहरुकोभनाई छ ।

बिगत ७-८ बर्श एता सदरमुकाम परासी लाई केंद्रबिंदु वरपर साना, मझौला ठूला दर्जन बढ़ी उद्योगहरु स्थापना भई सकेका छन र निरन्तर खुल्ने क्रम समेत जारी छन्

परासी आसपासको क्षेत्र औद्योगिक करिडोरका रूपमां बिकसित भईरहेको अवस्थामा केही उद्योगहरुले सरकारी-सार्वजनिक जग्गा समेत कब्जा गरेको र अधिकांश उद्योगहरुले अत्याधिक प्रदुषण समेत फैलाईरहेकोमा स्थानीय सरकारको नियन्त्रण र नियमन प्रणाली कमजोर रहेकोमा आलोचना समेत भईरहेको जनगुनासो ब्याप्त रहेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार