नवलपरासी पूर्व वितरक संघ नवलपरासी (बसुपु)- नवलपुरका सदस्य आशीष थापालाई पितृ शोक परेको छ ।

सदस्य थापाका पिता स्व. मनोहर बहादुर क्षेत्रीको असामयिक निधन प्रति गहीरो दुःख एवं शोक प्रकट गर्दै संघले श्रद्धांजलि सभा समेत सम्पन्न गरेको छ ।
संघले आज आइतवार गैड़ाकोट १६ अमरापुरी स्थित थापाको निवासमा संघका अध्यक्ष जित बहादुर खनालको अध्यक्षतामा आयोजना गरेको
श्रद्धांजलि सभामा महासचिव पूर्ण खराल , सदस्यहरू दीपेन्द्र तिमिलसेना, हरि बस्याल लगायतले शोक मंतव्य राखेका थिए ।
स्व. मनोहर बहादुर क्षेत्रीको ५६ बर्श को उमेरमा माघ २८ गते असामयिक निधन भएको थियो ।
शोक सभाको संचालन एवं सहजीकरण वितरक संघका कोषाध्यक्ष सन्तोष नेपालले गरेका थिए ।



