३१ भदौ २०८३, बुधबार

काठमाडौंमा भोलि वार्षिक रक्तदान कार्यक्रम २०८१ आयोजना हुँदै

काठमाडौं, फागुन ८ – वार्षिक रक्तदान कार्यक्रम २०८१ भोलि, फागुन ९ गते, काठमाडौंको हट्टीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट मा आयोजना हुँदैछ। यो कार्यक्रम हब इन्टरनेसनल एजुकेशन ले लायन्स क्लब अफ काठमाडौं अरनिको र लायन्स क्लब अफ काठमाडौं अनेका को सहकार्यमा आयोजना गर्न लागेको हो।

“रक्तदान, जीवनदान” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा, रक्तदाताहरूलाई रक्तदान गर्न प्रेरित गरिनेछ। बिहान ११ बजे देखि अपराह्न ४ बजे सम्म चल्ने कार्यक्रममा रक्तदाताहरूलाई निःशुल्क BMI तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ।

यस रक्तदान कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालय लायन्स ब्लड ट्रान्सफ्यूजन तथा अनुसन्धान केन्द्र द्वारा समर्थन गरिनेछ, जसले रक्तदान प्रक्रिया सहज बनाउनेछ। आयोजकहरू स्वयंसेवकहरू र रक्तदाताहरूको सक्रिय सहभागिता रहने अपेक्षा गर्दै छन्।

आयोजकहरूले सम्पूर्ण व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई यस पुण्य कार्यमा योगदान दिन आग्रह गरेका छन्।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार