• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    News24television AWSAR PROGRAM Free Educational Consultancies' Organization Nepal NEPAL INDIA RELATION KIIT UNIVERSITY KIIT NEPALI STUDENT DEATH #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** MVN International IELTS IDP #निर्वाचन #विवरण

निकुञ्जमा वन्यजन्तुलाई बोरिङ मार्फत पानीको व्यवस्था

  •  संवाददाता
  • २०८१ फाल्गुन १०, शनिबार ०६:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।

    निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार वन्यजन्तुको सङ्ख्या बढी भएका क्षेत्र र सुक्खा क्षेत्रमा पानीको आवश्यकता पूर्ति गर्न बोरिङको व्यवस्थापन गरिएको हो । घडियाल गोही प्रजनन केन्द्रमा एउटा, हात्ती सार क्षेत्रमा एउटा, भिम्लेमा दुईवटा, कसरामा दुईवटा, पुरानो पदमपुर क्षेत्रमा एउटा, डुमरिया क्षेत्रमा एउटा र सुखिभारमा एउटा बोरिङ स्थापना गरी वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।

    चरन क्षेत्रसँगै यहाँ रहेका जनावरलाई पानीको अभावमा बाहिर निस्कनु नपरोस् भनेर सुक्खा क्षेत्रमा बोरिङ जडान गरिएको हो । उहाँका अनुसार रु १० लाखको लागतमा नियमित पानी सञ्चालन हुने गरी सोलार बोरिङ जडान गरिँदै आएको छ । यसवर्ष निकुञ्ज र तराई भू–परिधि कार्यक्रम तालले संयुक्त रुपमा पानीको मुहान संरक्षण र पोखरी मर्मतका लागि रु २१ लाख खर्च गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

    निकुञ्जको नियमित बजेटबाट रु ६ लाख र ताल कार्यक्रमको रु १५ लाख बजेटबाट पानीको मुहान संरक्षण र पोखरी मर्मत तथा सरसफाइ गर्न लागिएको हो । विशेषगरी लामिताल, थपलिया ताल, देवीताल क्षेत्रमा मिचाहा प्रजातिका झारहरुले पोखरी सुक्खा बनाउन थालेपछि ती ताललाई सरसफाइ गरिएको छ । थप दुईवटा पोखरी नयाँ निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ताल कार्यक्रमले पोखरी निर्माणसँगै मर्मतको काम गरिरहेको छ । हामीले सरसफाइ र निर्माणको काम गरेका छौँ ।”रासस

    Post Views: 116

    प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिबार ०६:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भैरहवामा गोलि चल्यो एकजना घाईते
    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय
    कारागारबाट निस्किएका कैदीबन्दीहरुमध्ये अझै २०४ जना सम्पर्कविहिन
    ताजा अपडेट
    • १. फागुन २१ चुनावको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना

    • २. दक्षिण कोरिया जान ढिलाई भएको भन्दै ललितपुरस्थित इपिएस कार्यलयमा प्रदर्शन

    • ३. एम्बुलेन्समा गाँजा बरामद, दुई जना पक्राउ

    • ४. ३ महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    • ५. गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट

    चर्चित
    • १. पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

    • २. कोइका र नेपाल सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना सुरु

    • ३. नवलपरासीका दुई पालिका-सुनवल र प्रतापपुरलाई जापानको सहयोगमा आईपुग्ग्यो दमकल: पालिकामा ख़ुशी..

    • ४. ३६० एजुकेशनद्वारा नोभेम्बर ६ मा ‘अष्ट्रेलिया स्कॉलरशिप फेयर’ काठमाडौंमा आयोजना हुने

    • ५. अक्टोबर महिनामा मात्र १ लाख २८ हजार ४४३ पर्यटकले गरे नेपाल भ्रमण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.