सुनवल / फागुन १०

सुनवल मात्र नभई प्रदेश स्तरमै उत्कृष्ट मानिएको महाकवि देबकोटा स्कूलको ब्यवस्थापन समितिको म्याद समाप्ती पश्चातको बिद्ययालयको गतिबिधि चरम शंकास्पद देखिएको छ ।
बिद्यालयमा खरिद प्रकृया सम्वन्धी आर्थिक अनियमितता भएको विषय समाजीक सन्जालमार्फत खैलावैला भई अख्तीयारबाट समेत अनुसन्धान जारी भएका वखत बिद्यालयलद्वारा फागुुन ११ गते अभिभावक भेला वोलाईनु अनैतिक भएको भन्दै सुनियोजित भेला स्थगित गर्न चेतावनी दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विद्यालयका व्यवस्थापनका सन्दर्भमा आर्थिक अनियमितता संग जोडिएका विषयहरुले स्थानीय स्तरमा विवाद र छानविन समेत जारी रही न्यायलयबाट समेत अन्तीम आदेश जारी भै नसकेको अवस्थामा विद्यालय व्यवस्थापन समिति गठन जस्तो विषयमा प्रधानाध्यापकले मात्र एकलौटी रुपमा अभिभावक भेला बोलाउनु जायज नहुने भन्दै तत्कालका लागि भेला स्थगित गर्न भनिएको छ ।
नगर शिक्षा ऐन वमोजिम विशेष परिस्थीतीमा भएको व्यवस्थापन समितिका सदस्यहरुको अधिकारलाई हस्तक्षेप गर्दै अभिभावक भेला बोलाउनु कानुन विपरित रहेकोले तत्काल भेला स्थगन गर्न सुनवल नगरका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टीका प्रमुखहरुको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा अपिल गरिएको छ ।
विद्यालयले नियमानुसार व्यवस्थापन समिति गर्नको पहलगर्न नसकेपछी न्यायलयको आदेश भित्र रहि व्यवस्थापन समीती गठनका निम्ती अभिभावक भेला गर्ने उद्देश्यले नगर शिक्षा समितिले माघ २८ गते शिक्षा ऐन वमोजिमविद्यालयका ४ जना अभिभावकहरुलाई सदस्य चयन गरिदिएको थियो ।
विद्यालयका प्रअ जोशीले नगरको मनोनयन वमोजिमनै माघ ३० गते विद्यालयमा मनोनीत ४ जनासहितको समितिको बैठक सूचारु गरि कार्य प्रारम्भ गरेको थियो ।
३ दलको विज्ञप्ति अनुसार विद्यालय प्रशासनको हवाला दिई व्यवस्थापन समितिको निर्णय लत्याउदै स्थानीय तहको निर्देशन, र अदालतको आदेशको समेत वेवास्ता गरि व्यक्तिगत चाहना लागु गर्ने मनसायले अभिभावक भेला बोलाउनु कपटपूर्ण भएको भनिएको छ । विज्ञप्ती अनुसार हालै मात्र प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्षमाथी लागेका आर्थिक अनियमितता अराजक गतिविधिका आरोप सामाजीक सन्जाल र संचार माध्यममा छरपस्ट भई रहदा सोको निश्पक्ष छानवीन नभई विद्यालयमा भएका अनियमितता र भ्रष्टाचारजन्य गतिविधि दवाउने मनसायले विद्यालय व्यवस्थापन समिति गठनका सन्दर्भमा प्रधानाध्यापकको मूल चासो देखिएको आरोप छ ।
विद्यालयमा हाल श्रृजित अवस्थाले लुम्विनी प्रदेशमै उत्कृष्ट विद्यालयको पहिचान कायम गरेको महाकवी देवकोटाको मान र प्रतिष्ठा गुम्न नदिन यो परिस्थीती लाई शान्त वनाउन फागुन ११ गतेको भेला स्थगन गरि न्यायलयको अन्तीम आदेश पश्चात भेला गराउन तर्फ विद्यालय प्रशासनको ध्यान केन्द्रित गर्नु हालको समस्याले निकास पाउन सक्ने देखीन्छ ।
भेलाका सन्दर्भलाई लिएर विभिन्न व्यक्तीहरुले व्यक्तिगत, सस्थागत र पाटीगतरुपमा प्रस्तुत भई पक्ष विपक्षमा धारणा सार्वजनीक गरिरहदा नजिकदिै गरेको एसईई परिक्षामा सामेल हुने विद्यार्थिको मनस्थतीको समेत ख्याल गर्दै उपयुक्त निकास खोजीनु पर्ने अभिभावकको जोड रहेको छ ।
विज्ञप्तिमा उल्लेखित चेतावनी अनुसार सुनियोजीत भेला आयोजना भएमा श्रृजना हुनसक्ने जुनसुकै परिस्थिती र घटनाको जिम्मेवार स्वयं प्रधानाध्यापक हुनुपर्ने भनिएकाले विद्यालय र विद्यार्थीको उज्जवल भविश्यमाथि २ पक्ष विचको आरोप प्रत्यारोपले अर्को कुनै घटनाको रुपमा परिणत हुने त होईन भन्ने तर्फ अभिभावकको चिन्ता रहेको देखिन्छ । विद्यालय प्रशासन सचेत हुनुपर्ने देखिन्छ ।


