• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी पूर्वमा वितरक संघको औपचारिक घोषणा, व्यवसाय प्रवर्द्धनमा योगदानको अपेक्षा

  •  संवाददाता
  • २०८१ फाल्गुन ११, आईतवार १२:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । नवलपरासी पूर्वमा एफएमसीजी (फास्ट-मुभिङ कन्ज्युमर गुड्स) व्यवसायमा संलग्न व्यापारीहरूको समन्वय तथा सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नवलपरासी पूर्व वितरक संघ को औपचारिक उद्घाटन सम्पन्न भएको छ।

    संघको उद्घाटन कार्यक्रम २०८१ साल फागुन १० गते शनिबार सम्पन्न भएको हो। संस्थाका ज्येष्ठ सदस्य जीवन रेग्मी तथा अध्यक्ष जित ब. खनाल ले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रममा सदस्य सुरज रेग्मी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सदस्य महेश सिग्देल ले संघको भूमिका, उद्देश्य तथा भविष्यका योजनाहरूको विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

    नवलपरासी पूर्व डिलर्स संघ एफएमसीजी व्यवसायमा संलग्न व्यापारीहरूको समन्वय तथा व्यवसायिक हित संरक्षणका लागि गठन गरिएको संस्था हो। संघका सदस्य महेश सिग्देलका अनुसार, यस संस्थाले बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्दै मूल्य स्थिरता तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ। उनले व्यवसायीहरूबीच सहकार्य अभिवृद्धि गर्दै नयाँ प्रविधि तथा रणनीतिक योजना लागू गर्नु संघको प्राथमिकता भएको उल्लेख गरे। कानुनी परामर्श, व्यापारिक तालिम तथा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै व्यवसायलाई आधुनिक बनाउने योजना रहेको उनले बताए। साथै, उपभोक्ताहरूलाई गुणस्तरीय उत्पादन सहज रूपमा उपलब्ध गराउन संघले स्थानीय तथा राष्ट्रिय उत्पादकहरूसँग सहकार्य गर्ने योजना बनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै व्यापार क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने लक्ष्य संघले राखेको सिग्देलले बताए।

    संघका महासचिव पूर्णप्रसाद खरेल को सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष सन्तोष नेपाल संयोजक रहनुभएको थियो। संघले स्थानिय डिलर्स तथा वितरकहरूको हकहित संरक्षण गर्दै व्यवसाय प्रवर्द्धनका लागि सहकार्यलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।

    Post Views: 541

    प्रकाशित मिति: २०८१ फाल्गुन ११, आईतवार १२:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित
    लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना
    ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न
    ताजा अपडेट
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    • २. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • ३. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ४. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ५. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    चर्चित
    • १. रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे नवलपरासीका युवराज ढकाल र प्रभा ज्ञवाली प्रदेश सदस्यमा निर्वाचित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.