३० भदौ २०८३, मङ्लबार

भूमहीमा शैक्षिक सांस्कृतिक मेला सुरू, मुख्य मन्त्री आचार्यद्वारा उदघाटन

परासी , १५ फागुनम /

पश्चिम नवलपरासीको सुनवल १२ भुमहीमा ५ दिने प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला आज देखि सुरु भएको छ ।

लुम्विीनी पप्रदेश सरकारका मुख्य मन्त्रि चेतनारायण अचार्यले मेलाको उदघाटन गर्दे  देशमां १२ कक्ष्या सकेर विदेश जान आतुर युवालाई नेपालमां नै भविष्य छ भनेर सम्भावनादेखाऊने प्रयास गरेकोमां जेसिजलाई धन्यवाद दिनु भएको छ ।

५ दिन सम्म शैक्षिक गतिविधिहरुलाई अगाडी वढाउने उद्देश्यका साथ संचालन गरिएको मेलाले समाजमा सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

समाजिक विकास मन्त्रालयले विद्यालयको शैक्षिक सुधारका लागी विभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनुभयो । त्यसका लागी जेसिजले युवाहरुलाई जोड्ने र व्यक्तित्व विकास गर्र्दै समाजिक विकासको अभियानमा जोड्ने जस्तो पवित्र मनसायले रामनगर जेसिजले गरेको कार्य प्रशंसनिय रहेको वताउनुभयो ।

त्यस्तै समाजिक विकास मन्त्रि जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रबाट नै प्रदेशको विकास हुने भएकाले प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला महत्वपुर्ण हुने बताउनुभयो । अवको शिक्षा प्रविधि संग जोडिनुपर्नेमा जोड दिदै उहाँले प्रदेश सरकारले सोहि अनुसार योजना गराएको बताउनुभयो । त्यस्तै अगामी एस इ इ को नतिजा उत्कृष्ट बनाउनको लागी मन्त्रालय लागी परेको सामाजिक मन्त्री तिमिल्सिनाको भनाई छ ।

मेला समुद्धघाटन कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्रि खड्ग वस्नेत , संविधान सभा सदस्य विक्रम खनाल , सुनवल नगर उप्रमु्‌ख सुर्य दुवे, सुनवल पूर्ब मेयर भिम वहादुर थापा भरत लगाएतको उपस्थिति रहेको थियो ।

रामनगर जेसिज २०२५ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षता तथा प्रदेश स्तरीय शैक्षिक तथा सांस्कृतिक मेला संयोजक वलराम चापागाईको स्वागत र जेसि जयराम वस्यालको संचालन रहेको थियो ।

पाँच दिन सम्म संचालन हुने मेलामा शिक्षक तथा प्रधानाध्यापकहरुलाई तालिम, विद्यार्थीहरुलाई नेतृत्व विकास, लागुऔषध सम्बन्धि सचेतना लगायत विभिन्न संघ संस्थाका नेतृत्वकर्ताहरुलाई भाषणकला तालिम लगायतका कार्यक्रमको व्यवस्थारहेको रामनगर जेसिजका  पूर्ब अध्यक्ष भोजराज पौडेलले जानकारी दिनू भयो ।

सांस्कृतीक कार्यक्रममा विभिन्न जातजाती भाषा भाषिका कला संस्कृति प्रस्तुत गर्नुका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम संयोजक कृष्ण क्षेत्री(नेपालि मान्छे) जानकारी दिनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार