बिज एजुकेशनले ग्राण्ड एडमिशन रोडशो आयोजना गर्दैछ, जसले इच्छुक विद्यार्थीहरूलाई प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। यो रोडशो मार्च ७, ८, र १०, २०२५ मा गठ्ठाघर, डिल्लीबजार, र हेटौंडा मा सञ्चालन हुनेछ।

विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी शैक्षिक कार्यक्रम, छात्रवृत्तिहरू, र भर्ना प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्। युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड (UWS) का दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक उसन एन्डरसन एलिसन ले नवीनतम शिक्षण विधिहरू र विद्यार्थीहरूको सफलताका लागि विश्वविद्यालयको प्रतिबद्धताबारे जानकारी दिनेछिन्।सहभागी विश्वविद्यालयहरूमध्ये युनिभर्सिटी अफ चेस्टर का नेपालका कन्ट्री म्यानेजर रबिना थापा विद्यार्थीहरूलाई उद्योगसँग सम्बन्धित कोर्सहरू र इन्टर्नशिपको अवसरहरूको बारेमा जानकारी दिनेछिन्।
अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप का क्षेत्रीय प्रबन्धक रोजिना थापा ले विद्यार्थीहरूलाई ग्लोबल अध्ययन अवसरहरू र प्रतिष्ठित विश्वविद्यालयहरूमा प्रवेश प्रक्रियाबारे जानकारी दिनेछिन्। युनिभर्सिटी कलेज बर्मिङ्घम, जुन युनिभर्सिटी अफ वारविक सँग साझेदारीमा छ, का नेपाल प्रतिनिधि समिता सुब्बा ले व्यापार, आतिथ्य, र पाककलामा रहेको उत्कृष्ट शिक्षाबारे छलफल गर्नेछिन्।
युडब्ल्यूई ब्रिस्टल, इङ्ग्ल्याण्ड का नेपाल र भूटानका कन्ट्री म्यानेजर सुजन घिमिरे ले अनुसन्धान कार्यक्रमहरू र उद्योगसँगको सम्बन्धको बारेमा जानकारी दिनेछन्। अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप का नेपाल र श्रीलंकाका व्यापार विकास प्रबन्धक डायना तामाङ ले विश्वविद्यालयका ग्लोबल क्याम्पसहरू र लचिलो अध्ययन अवसरहरूबारे जानकारी दिनेछिन्। SRUC का दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक गितिका मेहता ले कृषि, दिगोपन, र ग्रामीण व्यवसाय अध्ययनमा विशेषज्ञता भएको जानकारी प्रदान गर्नेछिन्। युनिभर्सिटी फर द क्रिएटिभ आर्ट्स (UCA) का नेपालका क्षेत्रीय प्रबन्धक इसा भूमी श्रेष्ठ ले कला, फेसन, र डिजाइन सम्बन्धी सृजनात्मक कार्यक्रमहरूको बारेमा जानकारी दिनेछिन्।
प्रतिनिधिहरूले आ-आफ्ना विश्वविद्यालयहरूको विस्तृत जानकारी प्रदान गर्दै विभिन्न पाठ्यक्रम, छात्रवृत्तिहरू, भविष्यको करियर अवसरहरू, र विद्यार्थी सहायता सेवाहरूको बारेमा जानकारी दिनेछन्। साथै, विद्यार्थीहरूले व्यक्तिगत परामर्श, कागजात मूल्यांकन, र IELTS बिना आवेदन दिने अवसरको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन्।
यो कार्यक्रम मार्च ७ गते गठ्ठाघर, मार्च ८ गते डिल्लीबजार, र मार्च १० गते हेटौंडामा बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म आयोजना गरिनेछ। उच्च शिक्षाको खोजी गरिरहेका र उत्कृष्ट विश्वविद्यालयहरूको बारेमा जान्न इच्छुक विद्यार्थीहरूका लागि यो सुनौलो अवसर हुनेछ।

