• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

एमडीएमएस खरिदमा २३ करोड भ्रष्टाचार, प्राधिकरणका पूर्व अध्यक्ष झा र खनाल

  •  संवाददाता
  • २०८१ फाल्गुन २३, शुक्रबार ०५:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ। विशेषले नेपाल दूरसञ्चार प्राधिकरणका दुईजना पूर्व अध्यक्षहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।

    विशेष अदालतका अनुसार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र अर्का पूर्व अध्यक्ष पुरुषोत्तमप्रसाद खनाललाई भ्रष्टाचारमा संलग्न रहेको ठहर गरेको हो। विशेष अदालतले अख्तियारले प्रतिवादी बनाएकामध्ये दुई व्यक्ति र तीन कम्पनीलाई मात्रै दोषी ठहर गर्दै अरुलाई भने सफाई दिएको छ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रित्तेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिद गर्दा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको दोषी ठहर गरेको हो। अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ९१ करोड ९८ लाख ३० हजार ८८२ भ्रष्टाचार भएको दाबी गरे पनि अदालतले भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरेको छ। जसअनुसार २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार भएको ठहर गरेको छ।

    विशेषले उक्त रकम दोषी ठहर भएका दुई व्यक्ति र तीन कम्पनीबाट असुल गर्न आदेश दिएको छ। विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार दोषी ठहर भएका झा, खनाल, Nuemera (M) Sdn.Bhd., Malaysia, Namaste Global Comm Pte. Ltd. Singapore, OSI Digital Pvt. Ltd. र India (JV) Datuk Mohd Noor Aminभन्ने Mohd Noor Amin Bin Mohd Noor Khan  बाट जनही ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ असुल गर्न भनेको छ। झा र खनाललाई एक वर्ष एक महिना कैद सजायसमेत भएको छ।

    अदालतबाट प्रतिवादीहरु आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, संदिप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेलले सफाइ पाएका छन्। त्यस्तै विजयकुमार राय यादव र निराजन कोइरालाले पनि आरोपदाबीबाट सफाई पाएका छन्।

    विशेष अदालतले एमडीएमएस प्रणाली खरिद गर्दा अस्वभाविक ढङ्गले स्पेसिफिकेसन गरिएको र बढी मूल्य राखेर खरिद गरेको ठहर गरेको छ। दूरसञ्चार प्राधिकरणलाई आवश्यक पर्नेभन्दा पनि भन्दा पनि अन्य स्वार्थ राखेर एमडीएमएस प्रणाली खरिद गरिएको विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त फैसलामा उल्लेख छ। विशेषले एमडीएमएस प्रणाली खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ र त्यसको नियमावली २०६४ ले तोकेका प्रक्रियाहरू पूरा नगरेको जनाएको छ।

    Post Views: 193

    प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार ०५:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता
    प्रतापपुरका अग्निपीडितको घाउमा मलम लगाउँदै सांसद खनाल : राहत सामग्री वितरण
    स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह
    ताजा अपडेट
    • १. २५७० औँ बुद्ध जयन्ती: सरावलको कोलबृक्ष विशेषता बिश्वमाझ चिनाऊनु पर्छ: सांसद गुप्ता

    • २.

    • ३. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ४. युकेको उच्च शिक्षा र नेपाली विद्यार्थी: एउटा गम्भीर आत्मसमीक्षाको खाँचो

    • ५. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    चर्चित
    • १. स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पत्रकार महासंघ नवलपरासीको आग्रह

    • २. UniConsultants Alliance द्वारा University of Staffordshire पार्टनर कनेक्ट प्रोग्राम २०२६ सफलतापूर्वक सम्पन्न

    • ३. कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न

    • ४.

    • ५. ICCC र युनिभर्सिटी अफ विन्डसरबीच सहकार्य: नेपाली विद्यार्थीलाई क्यानडामा उत्कृष्ट करियरको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.