७ अशोज २०८३, बुधबार

प्रत्येक भ्रस्टाचारीलाई कार्वाही, काग्रेसको पहिलो प्रथमिकता हुनुपर्छ : महामन्त्री थापा

सुनवल,  २८ फागुन
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, सरकार प्रति नागरिकको भरोसा स्थापित गर्न जुनसुकै भ्रस्टाचारी कार्वाहीको रणनिती काग्रेसको पहिलो प्राथमिकता हुनुपर्ने वताएका छन ।

सरकारले नागरिकको सानो देखि ठुलो लगानीलाई प्रतिफल प्राप्तीमा बिस्वास र भरोसा पैदा गर्ने कार्यनिति आवश्यक समेत वताएका छन ।
महामन्त्री थापाले सानो आकारको सरकारका साथ जनअनुभूति हुने खालका लगानीका क्षेत्रहरुमा नागरिकलाई पे्ररित गर्ने वातावरण बनाउन आजको आवश्यकता रहेको जिकिर गरेका छन ॥
आज बुधवार नेपाली काङ्ग्रेस नवलपरासीको निर्वाचन क्षेत्र २ प्रदेश क कार्यसमितिले आयोजना गरेको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधनका क्रममा महामन्त्री थापाले, वर्तमानमा युवाजमात र नागरिकजनमा देखिएका असन्तुष्टि र निरासालाई आशामा परिणत गर्न भ्रस्टाचारमा लिप्त नेताहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउने कार्यनिति अघि वढाउनु पर्नेमा जोड दिए ।
पूर्व मन्त्री थापाले युवाचाहना वमोजिम धरासायी उन्मुख तथा नया ब्यापार ब्यवसाय, विकास निर्माण आयोजना एव तत्काल आर्थिक चलायमान हुने बित्तिय क्षेत्रमा लगानी गरि देशको शिक्षा प्रणालीलाई सिघ्र रोजगारीको अवसरसंग जोडिने गरी प्रविधियुक्त व्यवहारीक गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा लाई प्रभावकारी र चुस्त र सिघ्र नागरीकमा प्रवाह प्रणाली तय गर्न सक्षम खालको नेतृत्व समेत छनौट र परिचालन गर्नुपर्ने समेत जोड दिएका छन ।
वर्तमानमा देखिएको चरम बेरोजगारी, हरेक क्षेत्रमा भ्रस्टाचार, पूर्वाधार निर्माणमा ढिलाई तथा लापरवाही, हरेक सरकारी सेवा प्रवाहमा हुने वहानावाजी र ढिला सुस्ती र नेताहरु भ्रस्टाचारमा लिप्त हुने जस्ता मुख्य बिषयले उल्लेख्य नागरिक र युवाजमातमा असन्तुष्टि र निरासा श्रृजना भएको ले आफु संगै सरकारका प्रभावसाली नेताहरु सच्चिनु पर्ने आग्रह गरे ।
यसै गरि भेलालाई सम्वोदन गर्दे काग्रेस केन्द्रिय सदस्य एवं प्रभावशाली नेता देबेन्द्रराज कंडेलले पार्टीहरु समेत सच्चिनुपर्ने र सोको लागि पार्टीहरु बिधान वमोजिम संचालन हुनुपर्नेमा जोड दिदै लोकतन्त्रको रक्षार्थ सबै लोकतन्त्रीक शक्तिहरु एक जुट हुनुपर्ने वेला आएका जिकिर गरे ।
त्यस्तै काग्रेस केन्द्रिय सदस्य सरस्वती अर्यालले,पार्टीको कृयाशिल सदस्यता वितरण प्रकृयालाई सहि निश्पक्ष ढंगबाट अघि वढाउनु पर्ने आग्रह गरिन ।
कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश महान्त्री बिक्रम खनालले,लोकतन्त्रको संस्थागत प्रकृयामा नेपाली काङ्ग्रेस अग्रणी भुमिका र जिम्मेवारीमा रहेको भन्दै लोकतन्त्रीक व्यवस्थाको रक्षा गर्ने पहिलो जिम्मेवारी नेपाली काङ्ग्रेसकै रहेको जिकिर गरे । सभामा काग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एव प्रदेशसभा सदस्य निमा गिरि, पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा सुनवल नगरपालिका पूर्व मेयर भिम बहादुर थापा भरत, पार्टीका जिल्ला कार्यबाहक सभापति बिक्रम यादब, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला सचीव एवं प्रतापपुर पालिका अध्यक्ष उमेशचन्द्र यादब लगायतले शुभकामना सन्देश प्रवाह गरेका थिए ।
प्रदेश सभा सम्मेलन नवलपरासी २ क का प्रदेश सभापति यमप्रसाद भुषाल ( दिपक) को अध्यक्षता र काग्रेस महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । सम्मेलनमा जिल्ला, क्षेत्र, नगर वडाहरुबाटसमेत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सम्मेलन प्रदेश २ क समितिका सचिब कृपाकौशल चौधरीले संचालन गरेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार