नवलपरासी पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
गत भदौ २९ गते मदिराको तालमा ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजयको सुनिलसँग सामान्य विवादपछि कुटपिट भएको थियो ।
कुटपिटबाट संजयको दाहिने कानमा भित्री चोट लागी कानबाट रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।
उपचारकै क्रममा आज बिहान बजे संजयको मृत्यु भए लगतै
कुटपिटमा संलग्न सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको र घटनाबारे आवस्यक अनुसन्धान भइरहेको छ ।

