• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघको प्रथम वार्षिक साधारण सभा तथा घोषणा सभा सम्पन्न

  •  संवाददाता
  • २०८१ चैत्र १७, आईतवार ११:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघले वि.स २०८१÷१२÷१५ गते प्रथम वार्षिक साधारण सभा तथा घोषण सभा भव्यताकासाथ सम्पन्न गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिको प्रमुख आथित्यमा महासंघले आफ्नो पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारणसभा समारोहमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलोहत्रा, महासचिव नरेशलाल श्रेष्ठ, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीलगायत शैक्षिक परामर्श क्षेत्रका अंग्रज व्यक्तित्वहरूको सहभागीता रहेको थियो । महासंघको पहिलो साधारण सभाले एक वरिष्ठउपाध्यक्ष, नौ उपाध्यक्ष, एकजना महासचिव, एकजना कोषाध्यक्ष, ६ जना सचिव र वरिष्ठ सदस्यसहित ५५ जनाको कार्यसमित चयनगरेको छ । त्यस्तै महासंघको सदस्य सल्लाहकारमा १० जना रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा समितिका सभापति थापाले राम्रो उद्देश्य लिएर शैक्षिक परामर्श महासंघको स्थापना गरी नयाँ कार्यसमिति गठन गरेकोमा सम्पूर्णलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नेपाल निर्माण र शैक्षिक क्षेत्रको वृद्धि विकासमा शैक्षिक परामर्श क्षेत्रको पनि ठूलो योगदान रहेको स्मरण गरे । उनले शैक्षिक परामर्श सेवा व्यवसाय नेपाल र नेपालीा विद्यार्थीको हितमा हुनुपर्ने धारण व्यक्त गरे । प्रतिनिधिसभा सदस्य र शिक्षा समितिको सभापतिको हैसियतले शैक्षिक परामर्श व्यवसायीले चालेका सकारात्मक कदममा आफूले साथ दिने प्रतिबद्धता पनि उनले जनाएका छन्। यसैगरी महासंघका अध्यक्ष बरालले आजबाट आधिकारीक रूपमा नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ घोषणा भएको जानकारी दिए । उनले आफूलाई विश्वास गरेर महासंघ निर्माण गर्न शैक्षिक परामर्शका विभिन्न संघ–संगठनहरूले साथ सहयोग तथा हौसला प्रदानको बताए ।


    नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ शैक्षिक परामर्श व्यवसायी संघहरुको हकहितको संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना भएको पनि अध्यक्ष बरालले जनाए । यसको उद्देश्य नेपालका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको नेतृत्व गर्ने भएको हुँदा यसका सबै प्रयत्नहरु आफ्ना सदस्य संघहरुले आफ्ना सदस्य संस्थामार्फत सेवाग्राही, विद्यार्थी तथा अभिभावकलाई प्रदान गर्ने सेवाको पारदर्शीता एवं गुणस्तरीय व्यवसायीकताको प्रत्याभुतिमा केन्द्रित रहने उनको भनाइ छ । उनका अनुसार शैक्षिक परामर्श व्यवसायी महासंघले शैक्षिक परामर्श नीति व्यवसायलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन पहल गर्नेछ । प्रभावकारी व्यवस्थापन तथा पारदर्शी कार्यशैलीमार्फत नेपाली शैक्षिक परामर्श व्यवसायलाई अझ व्यवस्थित र विश्वासनीय बनाउन महासंघले पहल गर्ने उनले बताए । शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित सरकारी नीति तथा कानुनी व्यवस्थाहरू निर्माणका लागि महासंघले सरोकारवालाहरूसँग समन्वय गर्छ । विद्यार्थीहरूलाई सही परामर्श दिने, पारदर्शी प्रक्रिया अपनाउने, भ्रामक सूचनाबाट जोगाउने तथा विदेश अध्ययनका प्रक्रियालाई सहज बनाउने कार्य महासंघको प्रमुख जिम्मेवारीहरूमध्ये एक रहेको उनको भनाइ छ । उनले ५५ जनाको कार्यसमितिमा चयन भएका सम्पूर्ण सदस्य तथा महासंघ निर्माणमा विभिन्न माध्यमबाट सहयोग पुर्याउने अग्रजव्यक्तित्वहरूलाई बधाई तथा धन्यवाद दिएका छन्। यस्तै महासंघका महासचिव उद्धब खड्काले महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा आफूलाई भाग्यमानी महसुस गरिरहेको बताए । शैक्षिक परामर्श क्षेत्रलाई सुधार र व्यवस्थित गर्न धेरै काम रहेको जनाउँदै महासचिव खड्काले सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । अहिले शैक्षिक परामर्श क्षेत्रलाई आन्तरिक तथा वाह्य दुबैतर्फबाट आक्रमण गर्ने काम भइरहेको महासंघलगायत सबै संघसंगठनहरू एकजुट भएर अगाडि बढुनुपर्नेमा जोड दिए ।
    शैक्षिक परामर्श व्यवसाय अहिले केही असहज अवस्थामा रहेको जनाउँदै महासचिव खड्काले त्यसलाई सही ठाउँमा ल्याउन धेरै काम गर्न बाँकी रहेको जनाए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले नेपाली विद्यार्थी उच्च शिक्षा अध्यननका लागि विदेश जाने विषय गलत नभएको जनाउँदै विदेश गएका विद्यार्थी नेपाल फिर्ता नहुने अवस्था सिर्जना हुनुचाँही दुःखद भएको बताए । नेपालका विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा, तालाबन्दी र समयमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन हुने अवस्था नरहेकाले नेपाली विद्यार्थी विदेशीन बाध्य भइरहेको जनाए । नेपाली शिक्षालाई सीपसँग जोड्न नसकेसम्म विदेश पलायन हुने अवस्थालाई रोक्न नसकिने उनको बुझाई छ । शैक्षिक परामर्श व्यवसायीले नेपाली विद्यार्थीलाई विदेशमा पठाउने मात्र नभएर विदेशी विद्यार्थी पनि नेपालमा ल्याउने प्रतिबद्धता जनाएकाले त्यसतर्फ नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको सुझाव छ ।
    इक्यान, आइरिन्, नायर, जाल्सान, केक्यान,इपीक्यान, नेपाल युरोप बिजेनश एसोशिएन, एक्यानसहित ८ वटासंघहरू मिलेर महासंघ बनाइएको हो । महासंघले पहिलो वार्षिक सभा सम्पन्न गरसँगै ५५ सदस्य कार्यसमिति पनि पाएको छ ।

    जसको नेतृत्व राजेन्द्र बरालले गरेका छन् । महासंघमा १० सल्लाहकार सदस्य रहेका छन्। महासंघको सल्लाहकार सदस्यमा उत्तमप्रसाद पन्ती, श्रीकृष्ण श्रेष्ठ (एसके श्रेष्ठ), अरुण लामिछाने, नारायण बजाज, प्रेम पाण्डे, सुनिल बज्रचार्य, सुभद्राराज भण्डारी, राजुप्रसाद डल्लाकोटी, महेश कार्की र सरोजकुमार बस्नेत रहेका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा शेषराज भट्टराई रहेका छन्। महासंघको पहिलो कार्यसमितिमा ९ जना उपाध्यक्ष चयन भएका छन् । जसमा हेमन्त भट्टराई, रमेश देवकोटा, बासुदेव नेपाल, यसोदा भट्टराई, प्रज्जवल बस्नेत, विशाल श्रेष्ठ, नारायण रेग्मी, गणेश शर्मा, किशोर तिवारी रहेका छन् । यस्तै महासंघको महासचिवमा भने उद्धबबहादुर खड्का चयन भएका छन्। सचिवमा विष्णु खड्का, भुवनबहादुर क्षेत्री, गीता शर्मा शिवाकोटी, थरेन्द्रराज अधिकारी, अर्जुन बस्नेत र योगेश क्षेत्री चयन भएका छन्। यसैगरी कोषाअध्यक्षमा थिरलाल भट्ट चयन भएका छन्भने कार्यसमितको विशिष्ट सदस्यमा प्रकाश पाण्डेलाई राखिएको छ । यसैगरी सदस्यहरूमा निरूपमा महर्जन, सालिकराम भण्डारी, देवबहादुर कुँवर, मिलन तिवारी, हिम्मत पुरी, रजनी श्रेष्ठ, खडगबहादुर ताम्लिङ्ग लिम्बु, रमा कडेल,खेमराज संग्रौला, मन्जु धमला थापा, दयाराम थापा, पुष्पराज भट्टराई, भरत रेग्मी, सपना राजभण्डारी, बिजयकुमार बस्नेत, शशिप्रसाद भट्टराई, ईविन्द्र तिवारी, समुन्द्र अर्याल, अनिल शर्मा पौडेल, मधुसुधन पराजुली, केशव राज अर्याल, तिर्थ भण्डारी, अनिल भण्डारी, नरेशप्रसाद सेढाई, रमेश अधिकारी, निवेश ढंगोल, मोहन खड्का, भोजराज पाण्डे, कल्पना शेरचन, संगितकुमार शर्मा, ज्ञानेन्द्रमान जोशी, ईश्वरी प्रसाद शर्मा, युवराज खनाल, पुर्ण चन्द्र नेउपाने, श्रीराम पौडेल रहेका छन्।

    Post Views: 228

    प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार ११:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल
    सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान
    आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. फेकनको १५औँ वार्षिक साधारणसभा सम्पन्न, परामर्श व्यवसायको कानुनी ढाँचा र व्यवस्थापनमा छलफल

    • २. सुयान एजुकेशन विश्वव्यापी शिक्षाका लागि सम्पूर्ण समाधान

    • ३. आईसीसीसीद्वारा आयोजित ‘स्टडी एब्रोड फेयर २०२६’ सफलतापूर्वक सम्पन्न

    • ४. EPCAN को तेस्रो वार्षिक पिकनिक सफल बनाउन सहयोग गर्ने सबैप्रति अध्यक्ष अर्जुन कुमार बस्नेतको धन्यवाद

    • ५. नेपाली कांग्रेसको विशेष महाधिवेशन : कतिले गराए नाम दर्ता ?

    चर्चित
    • १. काँग्रेस बिशेष महाधिबेशन पूर्ब संध्यामा नवलपरासी पश्चिमबाट हस्ताक्षर फिर्ता

    • २. युनाइटेड टेक्निकल स्कुल र हब इन्टरनेशनल एजुकेसनबीच संयुक्त बन्डल एजुकेसन प्याकेज सञ्चालनका लागि समझदारी

    • ३. ९औँ वार्षिकोत्सव मनाउँदै RightPath Career Counselling, विद्यार्थीका लागि विशेष अफरको घोषणा

    • ४. सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट 

    • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको औपचारिक उद्घाटन झाँकीसहितको जुलुस शुरु

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.