३० भदौ २०८३, मङ्लबार

नारायणीमा बेपत्ता दुई बालबालिकाको शव फेला

भरतपुर। नारायणी नदीमा डुबेर बेपत्ता दुई बालबालिकाको शव फेला परेको छ । पूर्वी (नवलपरासी)को गैडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले आज निकालेको हो ।

मंगलबार साझ साढे पाँच बजेको समयमा गैडाकोट–१ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वपनिल सेर्पुञ्जा नारायणीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुने दुई बालबालिका दिदि भाई हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भुपबहादुर बढाथोकीको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले स्वप्निल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै दीक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको हो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार