• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासीस्थित पाल्ही बहुमुखी सहकारीमा ८५ लाख बढी हिनामिना

  •  संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार ०७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको रु ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ। सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब रु ८६ लाख रकम हिनामिना भएको हो।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सहकारीको रकम हिनामिना सम्बन्धी कसुर मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) ले जनही रु पाँच लाख धरौटी राखेर तारेखमा बसेका जानकारी दिनुभयो ।

    ‘सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर हुनुभएको छैन,’ जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले भन्नुभयो ।

    उहाका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पत्र पठाइएको छ।

    उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दामा तीन जना हाजिर भएका जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले बताउनुभयो । उहाका अनुसार सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ (देउखरी) को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिना सम्बन्धी कसुर मुद्दा दर्ता भएको छ।

    सहकारीको रकम हिनामिनासम्बन्धी कसुर ठहर भएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी लोधले जानकारी दिनुभयो । रासस

    Post Views: 266

    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०७:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी
    बर्दघाट एक्सपो”०८२”: विज्ञानकला प्रदर्शनीमा दाऊन्ने मावि प्रथम
    प्रथम बर्दघाट एक्सपोमा स्थानिय कला र प्रतिभा प्रश्फुटन हुदै
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.