भक्तपुर, नेपाली विद्यार्थीहरूलाई युके अध्ययनमा सहजीकरण गर्ने उद्देश्यले Bizz Education द्वारा आयोजित “Admission Day 2025” कार्यक्रम गाठ्ठाघरस्थित कार्यालयमा आज सफलतापूर्वक सम्पन्न भएको छ। बिहान १० बजेबाट सुरु भई दिउँसो ४ बजे सम्म चलेको कार्यक्रममा दर्जनौं विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युकेका शीर्ष विश्वविद्यालयहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। University of Derby का Yusuff Kaffo (Head of International Recruitment), The University of Law की Ula Tang Plowman (Executive Director International) र Bangor University का Braj Bhusan Jha (Regional Manager for Sri Lanka & Nepal) ले विद्यार्थीहरूलाई प्रत्यक्ष भेटघाट गर्दै विश्वविद्यालय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति, कोर्ष जानकारी र युकेको समग्र शैक्षिक वातावरणबारे स्पष्ट जानकारी दिएका थिए।
Bizz Education गाठ्ठाघर कार्यालयले विद्यार्थीहरूलाई परामर्श, कागजात तयारी, भिसा प्रक्रिया सहयोग तथा पूर्व-प्रस्थान निर्देशन दिँदै आएको छ भने Bizz Education को युके कार्यालयले युकेमा रहेका नेपाली विद्यार्थीहरूलाई आवास, पार्ट-टाइम काम, हेल्थ इन्स्योरेन्स र अन्य आपतकालीन सेवामा पनि निरन्तर साथ दिँदै आएको छ।
कार्यक्रमकी अपरेशन्स म्यानेजर रेखा नेगी लामाले सहभागी विद्यार्थी, अभिभावक र विश्वविद्यालय प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमले नेपाली विद्यार्थीको युके अध्ययन यात्रालाई थप प्रेरित र मार्गदर्शित गरेको बताइन्।
![]()
