• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

वर्दघाट नगरपालीकाले गर्यों चालु आबको अन्तिम सार्वजनीक सुनवाई

  •  संवाददाता
  • २०८२ असार २२, आईतवार २३:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वर्दघाट असार २२
    वर्दघाट नगरपालीकाले चालु आर्थिक वर्षमा सम्पादन भएका सेवाप्रवाहमा सुसासन तथा विकास निर्माणका सन्दर्भमा नागरिकको गुनासो सुझाव संकलनका र पार्दर्शिताका निम्ती सार्वजनीक सुनवाई सम्पन्न गरेको छ ।
    सम्पन्न कार्यक्रम अवधिमा उपस्थित १७ जना नागरिकहरुले नगरका कामकारवाही प्रति प्रत्यक्षरुपमा प्रश्न गरेका थिए ।
    सार्वजनीक सुनुवाईमा सहभागि नागरिकहरुले राखेका प्रश्नको उत्तर नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रकास उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाले जवाफ दिनुभएको थियो । कार्यक्रमलाई सहजिकरण गरेको ट्वान्टीफोर मिडिया ग्यालेक्सी, नवलपरासीले वर्दघाट वडा नं १४,१५ र १६का सेवाग्राहीमा स्याम्पलीगं प्रश्नउत्तर गरि प्राप्त नागरिक प्रतिवेदन(सिआरसी) र सेवाग्राही वार्हिगमन अभिमत(एक्जीट पोल)को नतिजा प्रस्तुत गरेको थियो ।
    सेवाग्राही वार्हिगमन अभिमतको संकेतअनुसार सम्पूर्ण कर्मचारीहरुको कार्यकक्षमा नियमित अनुपस्थीतीका कारण समयमै सेवा प्राप्त गर्न कठिनाई भएकोले यसलाई सुधार गर्नु पर्ने विषयका रुपमा सुझाएको थिए ।
    सार्वजनीक सुनुवाईका क्रममा प्रमुखतः कृषिक्षेत्रका गुनासाहरुमा समयमा मलखाध उपलव्ध नभएका,े कृषिमा अनुदान लक्षीत कृषक सम्म पुग्न नसकेको , सिचाई सुविधा प्रयाप्त हुन नसकेको, वजेट विनियोजनको प्राथमिकताका हिसावले वडान १३लाई समग्रतामा पछि पारिएको, जग्गा वर्गिकरणकार्य गर्दा कृर्षि क्षेत्रलाई आवास वनाइर्ददा कृषकले सम्पत्ती कर वढी तिर्नु परेको वडामा अन्यत्र पिच भईरहदा एकातर्फ पिचको गुणस्तर कायम नभएको देखिएको भने अर्को तर्फ हाल सम्म राम्रो ग्राभेलीगं सम्म हुन नसकेका लगायतका गुनासाहरु सहभागिहरुले राख्नुभएको थियो ।
    कार्यक्रममा सहभागिहरुको जिज्ञासा मेटाउनका निम्ती नगरपालीकाको तर्फबाट योजनाशाखा प्रमुख पुष्कर काफ्ले, लेखाप्रमुख विष्णुलाल पुरी, स्वास्थ्यशाखा प्रमुख कृष्णहरी पौडेल, पशु चिकित्सक डा भरत लम्साल, कृषिशाखा प्रमुख नविन ढकाल, राजश्वशाखा शारदा जिसी, न्यायीक शाखाकि जमुना सुवेदी,सहकारी शाखाकि श्रृजना अर्याल लगायत कर्मचारीहरुको समेत उपस्थिती रहेको भए पनि सहभागिको लक्षित प्रश्नहरु भने नगर प्रमुख र कार्यालय प्रमुख केन्द्रित भएको देखिन्थ्यो ।
    एक सय वढी सहभागि भएको सार्वजनीक सुुनुवाई कार्यक्रममा वडान १३का रनवहादुर थापा, विनिराम पराजुली, नारायण घिमिरे, शिव प्रसाद पाण्डे, गिरीराज रेग्मी, गोपाल प्रसाद पौडेल, चिरन्जीवी सुवेदी, राम वहादु थापा, तिर्थराज चौधरी, सविन पाठक, योगन्द्र कुमार चौधरी, नागरिक संजाल अध्यक्ष, वडासदस्य सुनील चौधरी, राजु सापकोटा लगायतले प्रश्न राख्नुभएको थियो ।
    प्रमुख प्रशासकिय अधिकृत प्रकास खनालले सहभागिहरुको प्रश्नको उत्तर दिर्दै सिमित वजेटमा जनचाहना वमोजिम एकै पटक विकासको अभास दिलाउन चुनौति भएको र नगरकोे वडा नं १३ र २मा न्युनताम पुर्वाधार समेत पुरयाउन नसकिएको स्वीकार गर्दै वर्दघाट नगर पूर्ण सहरमा परिणत गर्न समय लाग्ने वताउनु भएको थियो ।
    चालु आवको लक्ष्य प्राप्तीका निम्ती भएको वित्तिय प्रगती र राजश्व प्राप्तीका हिसावले लक्ष्य हासील गरेको अवस्था रहेको वताउनुभएको थियो ।

    Post Views: 295

    प्रकाशित मिति: २०८२ असार २२, आईतवार २३:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.