काठमाडौं — FECON द्वारा आयोजना गरिएको FECON Sports Week 2025 कात्तिक 28 र 29 गते उत्साहपूर्ण तथा प्रतिस्पर्धात्मक वातावरणमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमको उद्घाटन ANFA का सहमहासचिव श्री बद्री भट्टराईज्यूले सम्पन्न गर्नुभएको थियो। खेलकुद क्षेत्रमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ आयोजित यो कार्यक्रममा विभिन्न खेलहरू अत्यन्तै रोचक र प्रतिस्पर्धात्मक बनेका थिए।

फुटसलतर्फ Rabin KC & Sudan Rayamajhi Memorial Futsal Tournament मा Brotherhood Futsal Club (BFC) ले उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि जित्न सफल भयो भने उपविजेता Shubhayatra FC रह्यो। Best Keeper को उपाधि BFC का अरुण केसीले प्राप्त गरे भने Fair Play Team को रूपमा Kavre FECON छानियो। Man of the Match BFC का रबिन्द्र पन्थी घोषित भए भने उच्च गोलकर्ता Shubhayatra FC का सुवास बस्नेत रहे।
चेस खेलमा Prabal Regmi & Upendra Thapa Memorial Tournament अन्तर्गत दुवै स्थान BFC Club ले हात पार्यो। साम्राट पाण्डे विजेता बने भने सुजन खड्का उपविजेता भए। यस्तै Saroj Thapa Memorial Table Tennis प्रतियोगितामा Shubhayatra का सन्दीप उप्रेती विजेता बने भने BFC का सत्येन्द्र झा उपविजेता घोषित भए। पहिलो पटक आयोजना गरिएको FECON Women’s Badminton Championship मा पनि BFC Club को दबदबा देखियो जहाँ मन्दिरा श्रेष्ठ विजेता र पुनम प्रजापति उपविजेता बने।
विजेता तथा उपविजेताहरूलाई बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय–शिक्षा तथा योजना महाशाखाका महाशाखा प्रमुख श्री रुद्र शर्माज्यूले पुरस्कार वितरण गर्नुभयो। कार्यक्रम स्व. सरोज थापाका छोराछोरी तथा स्व. रबिन केसीकी श्रीमती र छोराछोरीको विशेष उपस्थितिले अझ अर्थपूर्ण बनेको थियो।
कार्यक्रमको सञ्चालन FECON महासचिव श्री दिपेन्द्र पोखरेलले गर्नुभएको थियो भने समग्र कार्यक्रमको नेतृत्व FECON अध्यक्ष श्री उमेश कुश्वारले गर्नुभएको थियो। कार्यक्रम समन्वय FECON Event Management Committee का संयोजक निराजन रोक्का तथा सम्पूर्ण टिमले गरेका थिए।
समापन समारोहमा प्रमुख अतिथि श्री रुद्र शर्माले निकट भविष्यमा FECON सँग सहकार्य गरी शैक्षिक परामर्श सेवा सम्बन्धी Interaction Program संचालन गर्ने घोषणा गर्नुभयो। खेलकुदमार्फत एकता, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको सन्देश दिन FECON Sports Week 2025 सफल भएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबै खेलाडी, प्रशिक्षक, अतिथि तथा आयोजक टिमलाई हार्दिक धन्यवाद व्यक्त गरिएको छ।


