• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल

  •  संवाददाता
  • २०८३ जेष्ठ ३, आईतवार १४:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुवेदी
    पश्चिम नवलपरासी जेठ , ३ /

    प्रतिनिधिसभा सदस्य विक्रम खनालले देशभरका सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले कानुन संशोधन गरेर सहजीकरण गर्नुपर्ने बताउनुभएको छ । नवलपरासीको बर्दघाट-१४ स्थित सहीद स्मृति सामुदायिक अस्पतालको आइतबार वार्षिक साधारण सभा’मा प्रमुख अतिथिको रूपमा बोल्दै सांसद खनालले सो धारणा राख्नुभएको हो ।
    कार्यक्रममा बोल्दै उहाँले स्थानीय पालिकाहरूमा १५ शैयाका ससाना अस्पतालहरू बनाउनुभन्दा ‘एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल’ को अवधारणा अनुरूप विकास गर्नुपर्नेमा जोड दिनुभयो । समुदायको स्तरबाट दुःख गरी सञ्चालनमा रहेका यस्ता अस्पतालहरूलाई सरकारले आफ्नै मातहत सरह आवश्यक नियम परिमार्जन गरी सहयोग गर्नुपर्ने र सहीद स्मृति सामुदायिक अस्पताललाई यस क्षेत्रकै एउटा महत्त्वपूर्ण र सुविधायुक्त अस्पतालको रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ थियो ।
    खनालले ‘भन्नुभयो “देशभरका सामुदायिक अस्पतालहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले कानुन संशोधन गरेर सहजीकरण गर्नुपर्छ । प्रत्येक पालिकामा १५ शैयाका अस्पताल भन्दा पनि ‘एक निर्वाचन क्षेत्र, एक सुविधा सम्पन्न अस्पताल’ को अवधारणा अघि सार्नु उपयुक्त हुन्छ ।”
    वि.सं. २०६६ सालमा स्थानीय नागरिकहरूले महायज्ञ सञ्चालन गरी संकलन गरेको सहयोग रकमबाट यस अस्पतालको स्थापना भएको थियो । स्थापनाकालदेखि नै यसले स्थानीय स्तरमा स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो योगदान पुर्या्उँदै आएको छ । अस्पताल सञ्चालक समितिका सदस्य युवराज डुम्रेका अनुसार हाल यस अस्पतालमा ४० जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् र यसले यस क्षेत्रका नागरिकलाई निरन्तर सेवा दिँदै आएको छ ।
    अस्पताल सञ्चालक समितिका उपाध्यक्ष तुलसीराम न्यौपानेले यस क्षेत्रको समग्र विकास र स्वास्थ्य सेवाको पहुँच विस्तारमा अस्पतालले महत्त्वपूर्ण योगदान पुर्यारएको बताउनुभयो ।
    सो अवसरमा संविधानसभा सदस्य सिन्धु जलेसा बुढाथोकी मगर तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ लगायतले पनि अस्पतालको प्रगतिको कामना गर्दै आ-आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजना र चुनौतीहरूका बारेमा समेत छलफल गरिएको थियो ।

    Post Views: 461

    प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतवार १४:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता
    ताजा अपडेट
    • १. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • २. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ३. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ४. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ५. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.