२८ अशोज २०८३, बुधबार

नेपाली काँग्रेस(देउवा)जिल्ला सम्मेलन, नवलपरासीका ७ पालिकामा अधिवेशन संयोजकहरू तोकिए!

परासी /असोज १७ /
नेपाली काँग्रेस शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा महाधिवेशनको तालिका अभिलेखीकरण गरे लगतै देश भर १५ औ महाधिवेशनको तैयारी तिभ्रताका साथ अघि बढ़ाएको छ ।
आज नवलपरासीमा नेपाली काँग्रेस शेरबहादुर देउवा समूहले केन्द्रीय तालिका एवं निर्देशन बामोज़िम जिल्ला सम्मेलन आयोजना गरेको छ।

काँग्रेस संस्थापन पक्षले जिल्लाका वडा र क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरिसके लगत्तै शनिबार देउवा समूहको जिल्ला अधिवेशन तयारी समितिले परासीमा उक्त सम्मेलन आयोजना गरेको हो।

संस्थापन पक्ष (गगन थापा नेतृत्व) ले भोली आइटबार काठमाण्डूको टुडीखेलमा १५ औं महाधिवेशनको भव्य समुद्घाटनको तैयारी पूरा गरी सकेको अवस्था मा शेरबहादुर देउवा समूहले नवलपरासीमा समान्तर महाधिवेशनको अभ्यास सुरु गर्दै जिल्ला सम्मेलन सम्पन्न गरेको हो ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र ध्रुवीकरणको प्रभाव तल्लो तहसम्मै पुगीसकेको अवस्थामा संस्थापन पक्षले जिल्लाका वडा र क्षेत्रीय अधिवेशनहरू सम्पन्न गरिसके लगत्तै शनिबार देउवा समूहको जिल्ला अधिवेशन तयारी समितिको भेलाले आगामी अधिवेशन सम्पन्न गर्नका लागि जिल्लाका दुवै प्रतिनिधि सभा क्षेत्र र ७ मध्ये ६ वटा पालिकामा संयोजकहरूको जिम्मेवारी तोकेको केंद्रीय प्रतिनिधि विकास घिमिरेले जानकारी दिएका छन ।
जिम्मेवारी अनुसार प्रतिनिधि सभा क्षेत्र: क्षेत्र नं. १ मा राजुप्रसाद अधिकारी र क्षेत्र नं. २ मा विक्रम रानालाई क्षेत्रीय संयोजक तोकेको छ ।सम्मेलनले पालिका संयोजकमा रामग्राममा प्रकाश चौधरी, सुनवलमा गमबहादुर गुरुङ, सरावलमा कृष्णदत्त चौधरी, पाल्हीनन्दनमा तारेन्द्र बर्मा, प्रतापपुरमा कमलेश कुमार गुप्त र सुस्तामा अजमुद्दिन मियाँलाई पालिका संयोजकको जिम्मेवारी तोकेको छ ।
काँग्रेस देउवा समूहको जिल्ला संयोजकको जिम्मेवारी पाएका धर्मदत्त चापागाईँ र केन्द्रीय प्रतिनिधि विकास घिमिरेले १४ औं महाधिवेशनकै कायम रहेका करिब ८ हजार क्रियाशील सदस्यहरूको आधारमा अधिवेशन सम्पन्न गर्न प्राप्त निर्देशन एवं तालिका बमोज़िम अधिवेशन सम्पन्न गरिने जानकारी दिएका छन ।

जिल्ला सम्मेलन आयोजकका अनुसार हिजो मात्र सम्पन्न काँग्रेस (गगन)को क्षेत्रिय अधिबेशनमा काँग्रेसका अधिकांश नेताहरुको सहभागिता देखिए तापनी यस अधिवेशनमा काँग्रेस नेता-कार्यकर्ताको सहभागितालाई बढ़ाऊदै उल्लेख्य सहभागिताका साथ अधिवेशन सफल बनाईने जिल्ला संयोजक धर्म चापागाईले बताएका छन ।
काँग्रेस देउवा समूहले असोज १८ गते वडा अधिवेशन र असोज २१ गतेभित्र क्षेत्रीय अधिवेशन सकेर जिल्ला अधिवेशन अघि बढाउने र आगामी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
आज जिल्ला सम्मेलनको उद्घाटनका क्रममा नेपाल ट्रेड युनियन कांग्रेस केंद्रीय सल्लाहकार अयोध्याप्रसाद यादवले पार्टी नेतृत्वमाथि आलोचना गर्दै व्यक्तिगत तथा राजनीतिक लाभका लागि केही नेताहरूले पार्टीलाई फुटको डिलमा पुर्‍याएको बताए ।”विशेष महाधिवेशनका नाममा गठन गरिएको कांग्रेस र नियमित महाधिवेशन गराउन खोजेको देउवा नेतृत्वको कांग्रेसबीच अस्तित्वको क्रान्ति जारी छ।”सल्लाहकार यादवले भने ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार