
परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले ९ लाख ४६ हजार मुल्य वरावरको अवैध कपडा बरामद गरेको छ । आज दिउसो बेवारिसे अवस्थामा रहेका थान कपडा, कुर्ता सुरवाल, साडी, कलर टिसर्ट,सादा टिसट, लेडिज टप्स लगायतका कपडा बरावद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले बताउनुभयो । बरामद कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको र उक्त अवैध कपडा ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य आवश्यक अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताउनुभयो ।





