मंसिर २७ । वैदेशिक रोजगारीमा बेलायत र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-१२ घर भई काठमाण्डौ महानगरपालिका-२८ बस्ने ३२ वर्षकी गीता कुँवर र कास्कीको पोखरा महानगरपालिका-२५ घर भई काठमाण्डौको टोखा नगरपालिका-६ बस्ने ३० वर्षकी मधु तिमल्सिना अधिकारी रहेका छन् ।

कुँवरले बेलायत पठाइदिने भन्दै आठ जनाबाट १६ लाख पाँच हजार र तिमल्सिनाले तीन जनाबाट सात लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।



