नवलपरासी /९ फागुन

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट एकै पटक झन्डै१३ हजार सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण सुरु भएको छ ।
कार्यालयबाट जारी भएका नयाँ अनुमतिपत्र, नवीकरण, वर्ग थप, प्रतिलिपि गरी १३ हजार ९७१ वटा स्मार्ट कार्ड एकैपटक वितरण सुरु गरिएको हो ।
चालु आर्थिक वर्षको पुस सम्मको लाइसेन्स कार्ड प्राप्त भएकाले क्रमैसँग सेवाग्राहीलाई कार्ड वितरण सुरु गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो
प्रदेश सरकार अन्तर्गतको वि.स. २०७८ मा स्थापना भएको यस कार्यालयले गत वर्षबाट सवारी चालक अनुमति पत्रवितरण सुरु गरेको थियो ।यसैबीच दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण गर्दै आएको यस कार्यालयले यहीँ माघ महिनाबाट चार पाङ्ग्रेसवारी साधनको पनि लाइसेन्स वितरण सुरु गरेको छ ।
उक्त कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा नौ करोड बढि राजश्व सङ्कलन गरेको बताउँदै कार्यालय प्रमुखन्यौपानेले थप सेवा विस्तार सँगै राजश्व सङ्कलनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस कार्यालयबाट हाल दुई र चार चक्के सवारी साधनको सवारी चालक अनुमति पत्र –लाइसेन्स वितरण साथै सवारीसाधनको नवीकरण साथै राजश्व सङ्कलन हदै आएको छ ।

Screenshot
२०७८ सालमा स्थापना भएको सेवा कार्यालय बाट यसअघि दुई पाङ्ग्रे सवारी साधनको मात्र चालक अनुमति पत्र वितरण हुँदै आएको थियो । हाल सम्म सात हजार २ पाङ्ग्रेसवारी साधनको चालक अनुमति पत्र वितरण भइसकेको छ । जिल्लाबाटै चालक अनुमति पत्र वितरण सुरु भएपछिसेवाग्राहीलाई रूपन्देही जानुपर्ने बाध्यताको अन्त्य भएको छ


