८ अशोज २०८३, बिहिबार

४ बुदेँ निणर्य पछि चिनीमिलको ताला खुल्यो


नवलपरासी । लुम्बिनी चिनी उद्योगमा लगाइएको ताला खोलिएको छ । लुम्बिनी चिनी उद्योगका संचालक र स्थानिय बिच ४ बुदेँ सहमती भए पछि उधोगमा लगाइएको ताला खुलेको हो । आज बुधबार लुम्बिनी चिनी उद्योगको परिसर भित्र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको उपस्थितिमा लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेत, सुनवल नगरप्रमुख बिमला अर्याल, निवर्तमान नगरप्रमुख भरत थापा, सुनवल उधोग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य र उद्योगको तर्फबाट धनन्जय मिश्र, सञ्ंचालक मन्यक अग्रवालको उपस्थितिमा वातावरण प्रदुषण न्यूनिकरण गर्ने सम्बन्धी विषयमा ४ बुदेँ निणर्य सहित ताला खुलेको हो ।

उधोग र स्थानिय बिच भएको सहमतिमा उद्योगले जडान गरेको प्रदुषण नियन्त्रक मेसिन परिक्षण गर्नका लागि ५ दिन परिक्षणको रूपमा संचालन गर्ने, उक्त अवधिमा प्रदुषण भए नभएको अनुगमन गर्ने, प्रदुषण नियन्त्रण नभएको खण्डमा पुनःउद्योग र स्थानियहरु विच छलफल गर्ने उद्योगको डिस्टिलरीवाट निस्कने कालो पानी(स्पेण्ड वास) नियन्त्रण गरी बाहिर बग्न नदिने, स्पेण्ड बासवाट निस्कने गंन्ध न्युनिकरण गर्ने, अर्थात गन्ध रहित बनाउने र विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्ने सहितको निणर्य भएको हो ।
लुम्बिनी चिनी मिलदेखि निस्केको कालो धुलो व्यवस्थापन गर्ने गरि सञ्चालन गर्ने सहमति गरेपनि सहमति बिपरित उद्योगले जनताको स्वास्थमाथि गम्भीर खेलबाड गरेको भन्दै सुनवलका स्थानियहरुले बिरोध स्वरूप चिनी मिलको गेटमा पुष १९ गते ताला लगाएको थिए । उद्योगले उखु क्रसिङ्ग गर्दा इन्धनको रुपमा प्रयोग गरेको भुसबाट कालो धुलोको कणहरुका कारण स्वास्थ्यमा समेत प्रतिकुल असर पर्नुका साथै लगाएका तरकारी र घरभित्र कालो धुलो टासिदाँ स्थानीयले सास्ती बेहोर्दै आएको बताएका छन् ।
सहमती पत्रः

- Advertisement -

अरू समाचार

1 COMMENT

  1. यस्ता अपुरो सम्झौताहरु बिगतमा धेरै भए। यसको कुनै औचित्य छैन। २ दिन पछि फेरि यस्तै कुकर्म गर्न सुरु गर्छन्। किन कि, ठुला बडा र स्थानीय प्रसासन अधिकारीको मुखमा बुजो हाले पछि निम्न वर्ग जनताको के नै लाग्छ र ? सास्ती भोग्नु बाहेक …. चिनी मिल लाई भुसको प्रयोग गर्न नदिने र समय अनुकुल सेफ्टी टेंकी को प्रयोग गर्न लगाए पछि हाम्रो सुनवल परिसर तेसै राम्रो र दुर्गन्ध रहित भै हाल्छ नि। तर यति साधारण कार्वाही र ब्यवस्थापन समेत गर्न चहादैन। किन भने, चिनी उधोग र ठुलाबडालाई घाटा हुन जान्छ ..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार