५ अशोज २०८३, सोमवार

न्यूजील्याण्ड एडमिशन डे २०२५ सफलता पूर्वक सम्पन्न

काठमाडौं, नेपाल – न्यूजील्याण्ड एडमिशन डे २०२५ इन्फर्मेटिक्स कन्सल्टेन्सी द्वारा सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा न्यूजील्याण्डका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

इमिग्रेशन न्यूजील्याण्ड द्वारा प्रकाशित तथ्यांक अनुसार, इन्फर्मेटिक्स कन्सल्टेन्सी नेपालबाट सबैभन्दा धेरै आवेदन दर्ता गर्ने र उच्च स्वीकृति दर प्राप्त गर्ने संस्था बन्न सफल भएको छ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले युनिभर्सिटी अफ अकल्याण्ड, एयूटी, युनिभर्सिटी अफ ओटागो, मास्से युनिभर्सिटी, वाइकाटो युनिभर्सिटी, वेलटेक, नर्थटेक लगायतका प्रतिष्ठित संस्थाका प्रतिनिधिहरूसँग निःशुल्क परामर्श लिने अवसर पाए।

इन्फर्मेटिक्स कन्सल्टेन्सीका सीईओ ज्ञानेन्द्र मान जोशी ले सम्पूर्ण विद्यार्थी, अभिभावक, र साझेदार संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा विद्यार्थीहरूले इन्फर्मेटिक्सका सबै शाखामा गएर परामर्श लिन सक्ने जानकारी गराए।

वरिष्ठ लाइसेन्स प्राप्त इमिग्रेशन सल्लाहकार वन्दना राई ले अन्तर्राष्ट्रिय शिक्षा यात्रामा सही मार्ग रोज्नुको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई सचेत निर्णय लिन प्रेरित गरिन्।

इन्फर्मेटिक्स कन्सल्टेन्सीले भविष्यमा पनि नेपाली विद्यार्थीहरूको न्यूजील्याण्ड अध्ययन सपना पूरा गर्न निरन्तर मार्गदर्शन गर्ने प्रतिज्ञा गरेको छ!

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार