• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नारायणघाट–बुटवल सडकखण्डमा २२ साना पुल निर्माण सम्पन्न

  •  संवाददाता
  • २०८२ बैशाख ३, बुधबार ०६:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट–दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् ।

    “निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन्”, उहाँले भन्नुभयो, “निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् ।” यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।

    निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताउनुभयो । आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । “गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन्”, उहाँले भन्नुभयो, “यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ ।”

    अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२ दशमलव ५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । “यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “दाउन्नेको चार किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो वर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ ।”

    यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । नारायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ ।

    ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड–१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ । रासस

    Post Views: 237

    प्रकाशित मिति: २०८२ बैशाख ३, बुधबार ०६:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.