काठमाडौं, रियल ड्रिम्स एजुकेशनल कन्सल्टेन्सीको आयोजनामा सम्पन्न ‘युके एडमिसन डे २०२५’ पुतलीसडकस्थित कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। मेलामा सयौं विद्यार्थीको उल्लेखनीय सहभागिता रहँदा, विद्यार्थीहरू बेलायतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श गर्न पाउँदा निकै उत्साहित देखिन्थे।

योर्क सेन्टजोन युनिभर्सिटी, युनिभर्सिटी अफ इस्ट लण्डन, युनिभर्सिटी अफ वुस्टर, लिड्स ट्रिनिटी युनिभर्सिटी, युनिभर्सिटी अफ हर्टफोर्डशायर लगायतका विश्वविद्यालयका प्रतिनिधिहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए। विद्यार्थीहरूले विश्वविद्यालयको शैक्षिक वातावरण, छात्रवृत्ति, रोजगारी सम्भावना र भविष्यको सम्भावनाबारे प्रत्यक्ष जानकारी लिन सके।
रियल ड्रिम्सका प्रबन्ध निर्देशक वसन्त नेपालले विद्यार्थीको गुणस्तरीय उपस्थितिले आफूहरूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए। उनले भने, “हामी सँधै भिडभन्दा पनि क्वालिटी विद्यार्थी खोज्छौँ। यसपालिको एडमिसन डेमा पनि यस्तै विद्यार्थीहरूको उपस्थिति देख्यौं, जुन हाम्रो सफलता हो।” उनले युकेमा नेपाली विद्यार्थीको पहुँच विस्तार गर्दै विश्वस्तरीय शिक्षा प्रणालीसँग जोड्ने आफ्नो संस्थाको प्रतिबद्धता दोहोर्याए।
सहभागी विश्वविद्यालयका प्रतिनिधिहरूले छात्रवृत्ति, पढाइको प्रवृत्ति, आवास र रोजगारीका अवसरबारे प्रस्ट जानकारी दिँदै योग्य विद्यार्थीलाई युकेमा स्वागत गर्ने बताएका थिए।



