• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

SPiE Overseas Nepal को अग्रसरतामा युनिभर्सिटी अफ इस्ट लन्डन पार्टनर्स मिट काठमाडौंमा सम्पन्न

  •  संवाददाता
  • २०८२ जेष्ठ २६, सोमबार १३:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,  युनिभर्सिटी अफ इस्ट लन्डन (UEL) को आयोजनामा पार्टनर्स मिट कार्यक्रम काठमाडौंको अरन्या बुटिक होटलमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा नेपाली शैक्षिक परामर्श क्षेत्रका अग्रणी व्यक्तित्वहरू, युके विश्वविद्यालयका प्रतिनिधिहरू तथा नीतिगत तहका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    उक्त कार्यक्रमको सफल आयोजनामा SPiE Overseas Nepal को महत्वपूर्ण भूमिका रह्यो। युके शिक्षाको क्षेत्रमा विश्वासिलो नाम बनिसकेको SPiE Overseas Nepal ले कार्यक्रम समन्वय, सहभागी छनोट र विचार विमर्शको दिशा निर्माणमा उल्लेखनीय भूमिका खेलेको हो। SPiE का प्रिन्सिपल सल्लाहकार सुवान्सु उप्रेतीको नेतृत्व र अनुभवले कार्यक्रमलाई नीतिगत र व्यावसायिक दुवै दृष्टिले गहन बनाएको सहभागीहरूको धारणा थियो।

    कार्यक्रममा UEL का पावेल बावा (दक्षिण एसिया भर्ना उपप्रमुख), स्टेफेनी वाल्टन (विद्यार्थी भर्ना निर्देशक) र असीम घिमिरे (नेपाल प्रतिनिधि) ले विश्वविद्यालयको तर्फबाट प्रस्तुतिहरू दिएका थिए। उनीहरूले हालै युकेको सरकारले प्रकाशित गरेको श्वेतपत्रको प्रभाव, विद्यार्थीको दीर्घकालीन बसोबास सम्बन्धी धारणा, र त्यसले नेपाली विद्यार्थीको चासोमा पार्ने असरबारे विस्तृत रूपमा जानकारी गराए।

    कार्यक्रममा सहभागी परामर्शदाताहरू र विश्वविद्यालय प्रतिनिधिहरूबीच खुला छलफलसमेत गरिएको थियो, जहाँ वैश्विक शिक्षा प्रवृत्ति, साझेदारीको सुदृढीकरण, र विद्यार्थीहरूलाई पारदर्शी तथा नैतिक परामर्श कसरी उपलब्ध गराउने भन्ने विषयमा अनुभव र सल्लाह आदानप्रदान गरिएको थियो।

    SPiE Overseas Nepal ले कार्यक्रममा युके-केन्द्रित परामर्शदाताहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै, गुणस्तरीय सहभागिता, ठोस विषयवस्तु र दीर्घकालीन सहकार्यको वातावरण तयार गर्न मद्दत पुर्‍याएको थियो। SPiE को पहलले युके विश्वविद्यालयहरू र नेपाली परामर्श क्षेत्रबीचको सम्बन्ध थप मजबुत बनाएको विश्वास गरिएको छ।

    कार्यक्रमको समापनमा सहभागीहरूले कार्यक्रमबाट प्राप्त मुख्य सन्देशहरूलाई समेट्दै भविष्यमा अझ सघन सहकार्य गर्न प्रतिबद्धता जनाएका थिए। SPiE Overseas Nepal ले अन्त्यमा UEL का विशिष्ट प्रतिनिधिहरू र सहभागी सम्पूर्ण साझेदारहरूलाई धन्यवाद दिँदै, यस्तो शैक्षिक आदानप्रदान कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षातर्फ मार्गनिर्देशन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्‍यो।

    SPiE को यो अग्रसरताले संस्थालाई युके शिक्षाको क्षेत्रमा अग्रणी स्थानमा पुनः स्थापित गराएको सहभागीहरूको धारणा रहेको छ।

    Post Views: 353

    प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार १३:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य
    ताजा अपडेट
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ३. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ४. रोजेटा एजुकेशन इन्टरनेशनल र जया मल्टिपल क्याम्पसबीच एमओयू, विद्यार्थीलाई रोजगारी र इन्टर्नसिपमा सहकार्य

    • ५. माछापुच्छ्रे वर्ल्ड स्कुलका संस्थापक अध्यक्ष डा. यादव सम्मानित; महालक्ष्मी माविमा आधुनिक चमेनागृह उद्घाटन

    चर्चित
    • १. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • २. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.