काठमाडौं – विगत १६ वर्षदेखि अन्तर्राष्ट्रिय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि भरोसायोग्य साथीको रूपमा स्थापित भएको Heritage Educational Services ले हजारौं विद्यार्थीलाई विदेशमा उच्च शिक्षाका अवसरहरूमा पुग्न सहयोग पुर्याएको छ। हात्तिगौंडामा मुख्य कार्यालय रहेको यस संस्थाका शाखाहरू नेपाल, संयुक्त अधिराज्य (युके) र न्यूजिल्याण्ड मा रहेका छन्। Heritage ले संयुक्त अधिराज्य (UK), अमेरिका, क्यानडा, अष्ट्रेलिया, जर्मनी, न्यूजिल्याण्ड, इटली, हंगेरी लगायतका देशहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई निरन्तर मार्गदर्शन दिँदै आएको छ।

Heritage को सफलता केवल यसको दीर्घ सेवामा मात्रै आधारित छैन, बरु विद्यार्थीहरूका सफल शैक्षिक यात्राका प्रेरणादायी कथाहरूले पनि यस संस्थाको प्रतिष्ठालाई थप मजबुत बनाएको छ। यसै सन्दर्भमा केही विद्यार्थीहरूले आफ्ना अनुभवहरू साझा गरेका छन्।
जर्मनीमा कृषि अध्ययन गरिरहेकी रेश्मा अधिकारी भन्छिन्,
“म सँधै अनुसन्धान र नवप्रवर्तनमा अगाडि रहेको देशमा कृषि अध्ययन गर्ने सपना देख्थेँ। तर विश्वविद्यालय छनोटदेखि भिसा आवेदनसम्मको प्रक्रिया एकदमै जटिल लागिरहेको थियो। त्यस्तो अवस्थामा Heritage को महाराजगञ्ज शाखाले मलाई हरेक चरणमा सहयोग गर्यो। उनीहरूको व्यावसायिकता र माया ममता देखेर मलाई प्रक्रिया सजिलो लाग्यो। आज म मेरो सपना पुरा गर्दै जर्मनीमा पढिरहेकी छु, र यो सब सम्भव बनाएकोमा Heritage लाई धन्यवाद दिन चाहन्छु।”
हाल युकेमा स्नातक तहमा अध्ययनरत ऋतिका महर्जन भन्छिन्,
“युकेमा कुन विश्वविद्यालय र कुन विषय उपयुक्त हुन्छ भन्ने निर्णयमा म अलमलमा परेकी थिएँ। त्यस्तो अवस्थामा Heritage को हात्तीसार शाखाका परामर्शदाताहरूले धैर्यताका साथ सम्पूर्ण प्रक्रिया बुझाएर मलाई सजिलो बनाइदिए। विश्वविद्यालयको छनोट, आवेदन प्रक्रिया र भिसा तयारीमा उनीहरूको सहयोगले मलाई आत्मविश्वासी बनायो। यता आएकोपछि पनि उनीहरूले मेरो अवस्था बुझ्दै निरन्तर सम्पर्कमा रहे। Heritage मेरो लागि केवल कन्सल्टेन्सी मात्र होइन, एक प्रेरणादायी मार्गदर्शक बन्यो।”
यी प्रेरणादायी कथाहरू Heritage को विद्यार्थी केन्द्रित सेवा र परामर्शमा समर्पित भावनाको प्रतिबिम्ब हुन्। यस संस्थाले पूर्व-प्रस्थानदेखि पढाइ सुरु भएपछि पनि निरन्तर सम्पर्कमा रही विद्यार्थीलार्ई सहयोग पुर्याइरहेको छ।
Heritage Educational Services ले निष्पक्ष परामर्श र पारदर्शी सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ आफ्नो सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले British Council, ICEF, New Zealand Education, PIER, TITI लगायतका अन्तर्राष्ट्रिय प्रतिष्ठित निकायहरूसँग सम्बन्धन कायम गरी आएको छ, जसले यस संस्थाको वैदेशिक शैक्षिक विश्वसनीयता झल्काउँछ।
विद्यार्थीहरू स्नातक, स्नातकोत्तर वा अनुसन्धान तहका लागि अध्ययन गर्न चाहन्छन् भने Heritage को अनुभवी र समर्पित टोलीले प्रत्येक चरणमा व्यक्तिगत ध्यान र मार्गदर्शन प्रदान गर्दै आएको छ।
Heritage Educational Services Pvt. Ltd. ले नेपालमा हात्तिगौंडा (मुख्यालय), न्युप्लाजा, महाराजगञ्ज, हात्तीसार, नयाँ बानेश्वर, बुटवल र कोहलपुरमा कार्यालयहरू सञ्चालन गरिरहेको छ। यस्तै, अन्तर्राष्ट्रिय रूपमा युकेको लन्डन र न्यूजिल्याण्डको अकल्यान्ड मा पनि यसको शाखाहरू छन्, जसले विद्यार्थीहरूलाई अध्ययन गन्तव्यमा पुगेपछि पनि निरन्तर सहयोग पुर्याउने उद्देश्य लिएको छ।




