• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

BBA विद्यार्थीहरूलाई दीक्षान्त र सम्मानसहित विदाइ गर्दै V.S. Niketan College

  •  संवाददाता
  • २०८२ पुष ६, आईतवार १६:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । V.S. Education Foundation को व्यवस्थापनमा सञ्चालन हुँदै आएको V.S. Niketan College, मिनभवनले BBA कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि Graduation & Farewell Programme–2025 भव्य रूपमा सम्पन्न गरेको छ। शैक्षिक उपलब्धि, सम्मान र भावनात्मक विदाइको संगम बनेको यस कार्यक्रममा कलेज परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रमको सुरुवात दीक्षान्त समारोहका पदाधिकारीहरूको औपचारिक आगमनसँगै भएको थियो। कलेजकी अध्यक्षज्यू, संस्थापक निर्देशक डा. बाबिन पोखरेल, शैक्षिक सल्लाहकार, COO, प्रधानाध्यापक, अनुसन्धान व्यवस्थापन सेल प्रमुख, प्रमुख वक्ता, BBA समन्वयक, शिक्षक–शिक्षिकाहरू, प्रशासनिक कर्मचारी तथा विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। त्यसपछि संस्थापक निर्देशक डा. बाबिन पोखरेलद्वारा पानस प्रज्वलन गरी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।

    कार्यक्रमको औपचारिक परिचय मिसेस सोनम जलानले गराउनुभएको थियो भने कलेजका प्रधानाध्यापक श्री रञ्जित कुमार पण्डितले सम्बोधन गर्दै विद्यार्थीहरूको शैक्षिक यात्राको प्रशंसा गर्नुभयो। संस्थापक निर्देशक डा. बाबिन पोखरेलले दीक्षान्त तथा विदाइ मन्तव्य राख्दै विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व र नैतिक मूल्यसहित अघि बढ्न प्रेरणा दिनुभयो। COO श्री हेमचन्द्र महतो तथा शैक्षिक सल्लाहकार सह–प्राध्यापक डा. ए.के. चौधरीले पनि विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

    समारोहका क्रममा शैक्षिक उत्कृष्टता पुरस्कार संस्थापक निर्देशक डा. बाबिन पोखरेलद्वारा प्रदान गरिएको थियो। साथै, उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै कलेजप्रति उनीहरूको योगदान र स्मृतिलाई सम्मान गरिएको थियो। उत्तीर्ण विद्यार्थीका तर्फबाट घनश्याम शाहले मन्तव्य राख्दै कलेजप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

    कार्यक्रमको दोस्रो चरण सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरूले भरिएको थियो। आठौँ सेमेस्टरका विद्यार्थी आशिष आचार्यको स्वागत तथा विदाइ मन्तव्यसँगै गणेश वन्दना, स्वागत नृत्य, विदाइ कविता, गीत–संगीत तथा समूह नृत्यहरूले माहोललाई जीवन्त बनाएको थियो। Mr./Ms. Farewell अन्तर्गत परिचय, वाक–एण्ड–क्वेश्चन राउण्ड सम्पन्न भई अन्ततः नतिजा घोषणा गरिएको थियो।

    कार्यक्रमको समापन पासआउट विद्यार्थी प्रतीक गौतमको धन्यवाद मन्तव्यसँगै गरिएको थियो। V.S. Niketan College ले यस कार्यक्रममार्फत शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास र सांस्कृतिक अभिव्यक्तिलाई पनि समान महत्व दिने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।

    News in English https://www.educastnepal.com/english/education-news/vs-news/

    Post Views: 377

    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार १६:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ
    सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !
    ताजा अपडेट
    • १. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • ४. सरकारका मुख्य सचिपको आह्वान! सेवाप्रवाहलाई नागरिकमैत्री बनाउन २२ बुँदे निर्णय !

    • ५. नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’

    चर्चित
    • १. बर्दघाट-गुराँस टोलको जग्गा चोरी दर्ता लगायतको निकास दिन सिडीओ नेतृत्वले कम्मर कस्यो

    • २. जेन-जी आन्दोलनमा फरार कैदी लागुऔषध सहित पक्राउ

    • ३. हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.