• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया

  •  मिन राना
  • २०८२ पुष ६, आईतवार १३:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र विद्यालयका प्रतिनिधी बीच अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी शिक्षकहरूले महोत्सवमा हुने विद्यालय स्तरीय कार्यक्रम बारेको चासो राखेका थिए । बैठकमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष तथा मेला संयोजक गणेश कुमार खातीले महोत्सवमा युवा-विद्यार्थी र बालबालिका लक्षित कार्यक्रम तय गरिएको बताए ।

     

     

    मेलामा बालबालिकाको प्रवेश, विद्यार्थीलाई मेलाको अवलोकन गराउने विषयसंगै प्रतिभा प्रस्फुटनका कार्यक्रमबारे अध्यक्ष खातीले जानकारी गराए । त्यसैगरी मेलाका प्रमुख सल्लाहकार तथा सांस्कृतिक संयोजक गोविन्द ठडराईले मेलामा सिङ्गिङ आइडल, डान्सिङ स्टार, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी विद्यार्थी लक्षित कार्यक्रम रहेको बताए । सबै विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउन आग्रह गर्दै उनले विद्यार्थीलाई मेला प्रवेशमा सहुलियत र सामुहिक अवलोकनमा थप छुटको व्यवस्था गरिएको जनाकारी दिए । छलफलमा प्रतियोगितात्मक कार्यक्रमहरुमा हुने मुल्यांकन र पुरस्कार राशिबारे शिक्षकहरुले सुझाव दिएका थिए ।

     

    बैठकमा सिता माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारी, महामाया भवानी माविका शिक्षक चिरन्जीवी रेग्मी, सरस्वती आधारभुत विद्यालयका खुम बहादुर सारु, जनता मावि शिक्षक रविबल्लब रेग्मी, युगज्योति माविका शिक्षक चन्द्रकान्त अर्याल लगायतको उपस्थिति रहेको थियो । यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

     

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    Post Views: 77

    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार १३:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी
    ३६० एजुकेसनले पानिपोखरी शाखाको औपचारिक उद्घाटन
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.