• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बिज एजुकेशनको ब्रान्ड एम्बेसडरमा क्रिकेटर धामी

  •  संवाददाता
  • २०८२ पुष ६, आईतवार ११:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा पृथक पहिचान बनाउँदै आएको बिज एजुकेशन ले नेपाली क्रिकेट क्षेत्रका क्रिकेटर हेमन्त धामी लाई आफ्नो आधिकारिक क्रिकेट ब्रान्ड एम्बेसडर का रूपमा अनुबन्ध गरेको छ। यससम्बन्धी औपचारिक घोषणा तथा सम्झौता हस्ताक्षर कार्यक्रम आज जर्मन होम्स हस्पिटालिटी, गुट्ठाघर मा सम्पन्न भयो।
    उक्त सहकार्य तीन वर्षका लागि गरिएको भए पनि प्रत्येक वर्ष आपसी सहमतिमा पुनःसम्झौता (Re-agreement) गरिने व्यवस्था गरिएको छ। बिज एजुकेशनका अनुसार यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि नभई युवाको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शन का लागि हो।
    बिज एजुकेशन यसअघि नै हास्य तथा फिल्म क्षेत्रबाट जितु नेपाल (मुन्द्रे), फुटबल क्षेत्रबाट पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मान सिंह, र ब्याडमिन्टनबाट खेलाडी स्वोरलिन श्रेष्ठ लाई ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरिसकेको छ। अब क्रिकेट क्षेत्रबाट हेमन्त धामीको आगमनसँगै बिज एजुकेशनले खेलकुद, सिर्जनात्मक क्षेत्र र शिक्षा लाई समान रूपमा अघि बढाउँदै युवाको सर्वाङ्गीण विकासमा जोड दिएको स्पष्ट भएको छ।
    कार्यक्रममा बोल्दै बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्की ले संस्थाको मूल दर्शन स्पष्ट पार्नुभयो। उहाँले बिज एजुकेशन केवल बेलायतका प्रतिष्ठित विश्वविद्यालय प्रवर्द्धन गर्ने संस्था मात्र नभई नेपाली विद्यार्थीलाई सबैभन्दा पहिला शैक्षिक, मानसिक र आर्थिक रूपमा तयार पार्न विश्वास गर्ने संस्था भएको उल्लेख गर्नुभयो।
    उहाँले थप स्पष्ट पार्दै भन्नुभयो कि बिज एजुकेशनले कहिल्यै पनि विद्यार्थीलाई विदेश जान दबाब दिँदैन। नेपालमै पनि गुणस्तरीय विश्वविद्यालयहरू उपलब्ध रहेकाले धेरै अवस्थामा विद्यार्थीलाई ब्याचलर तह नेपालमै अध्ययन गर्न सुझाव दिइने उहाँको भनाइ थियो। १२ कक्षापछि नै बेलायत जाने धेरै विद्यार्थीले आज अत्यधिक संघर्ष र कठिनाइ भोगिरहेको उल्लेख गर्दै उहाँले पर्याप्त बजेट, तयारी र परिपक्वता बिना महँगो देश रोज्नु बुद्धिमानी नहुने स्पष्ट पार्नुभयो।
    हरि कार्कीका अनुसार बिज एजुकेशनको भूमिका विद्यार्थीलाई विदेश पठाउने मात्र नभई सही निर्णय गर्न सक्षम बनाउने जिम्मेवारी हो।
    कार्यक्रममा खेलकुद र शिक्षाबीचको सम्बन्धबारे पनि चर्चा गर्दै उहाँले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताउनुभयो। यी गुण अन्तर्राष्ट्रिय शिक्षा तथा जीवनमा सफल हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको जानकारी दिनुभयो।
    नवनियुक्त ब्रान्ड एम्बेसडर हेमन्त धामी ले बिज एजुकेशनप्रति आभार व्यक्त गर्नुभयो। उहाँले शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो। साथै, खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने सन्देश युवामाझ पुर्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
    बिज एजुकेशनले आगामी दिनहरूमा पनि जिम्मेवार शिक्षा परामर्श, वित्तीय योजना सम्बन्धी सचेतना, र नेपाली युवाको प्रतिभा प्रवर्द्धन का कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संस्थाले विद्यार्थी तथा अभिभावकलाई भावनामा होइन, यथार्थ, क्षमता र दीर्घकालीन भविष्यको आधारमा निर्णय लिन प्रेरित गर्ने नीति दोहोर्याएको छ।

    Post Views: 194

    प्रकाशित मिति: २०८२ पुष ६, आईतवार ११:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.