३० भदौ २०८३, मङ्लबार

श्रम संस्कृति पार्टीले कसैसँग एकता गर्दैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।

 

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

 

‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार